२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी १ मा काँग्रेसलाई झड्का: कांग्रेस लुम्बिनीका महामन्त्री बिक्रम खनाल रास्वपावाट उम्मेदवार

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • नवलपरासी  ।  नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कांग्रेस लुम्विनी प्रदेशका महामन्त्री बिक्रम खनाल रास्वपा प्रवेश गरेका छन ।

    रास्वपाका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले भने, “समाजमा राम्रो छवि भएको पहिचान गरेका आधारमा हामीले बिक्रम खनाललाई उम्मेदवार हुन आग्रह गर्‍यौ, उहा अब पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा रास्वपाका तर्फवाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हो ।”

    कांग्रेसवाट २०७० सालमा प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका खनाल जिल्लामा लोकप्रिय नेता भनेर चिनिन्छन ।कांग्रेसको गत साता सम्पन्न बिशेष महाधिबेशनवाट पार्टी सभापतिमा गगन थापा आइसकेपछि कांग्रेस छोडेका खनाल कांग्रेसका उपल्लोतहका नेता हुन । बर्दघाट नगरपालिका निवासी खनाल ५३ वर्षका हुन ।

    नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा दोस्रो पटक नेपाली कांग्रेसका उम्मेदवार बनेका व्यापारीक पृष्ठभूमिका बिनोद चौधरीसँग खनालले प्रतिस्पर्धा गर्ने छन । रास्वपा जानुअघि खनालले जिल्लाका कांग्रेसजन र शुभेच्छुकसंग सरसल्लाह गरेर खनाल रास्वपामा प्रवेश गरेका हुन ।

    खनालले शनिवार राती ९ बजे काठमाण्डौको एक होटलमा रास्वपाका सभापति रबि लामिछाने र उपाध्यक्ष डा स्वर्णिम वाग्लेसंग भेटघाट गरेका थिए । त्यस यता खनालले सोमवारवाट आफु उम्मेदवार हो भन्दै प्रचार शुरु गरेको जानकारी दिए ।

    पश्चिम नवलपरासी क्षेत्र नम्बर १ वाट अघिल्लो पटक कांग्रेसवाट बिजयी बिनोद चौधरीले आफनो प्रतिबद्धता अनुसार काम नगरेको भन्दै काग्रेसका कार्यकर्ताले असन्तुष्टि बढाइरहदा खनालको रास्वपा प्रबेशलाई अर्थपूर्ण मानिएको छ ।

    बिनोद चौधरीलाई २०७९ सालको निर्वाचनमा पश्चिम नवलपरासी लैजाने भूमिका खेलेका कांग्रेसका निर्वतमान केन्द्रिय सदस्य देबेन्द्र कंडेल र लुम्विनी प्रदेशका हालका वन मन्त्री देबकरण जयसवाल समेत बिनोद चौधरीको बिरुद्ध उभिएका छन । चौधरीसंग उनिहरु बिच बोलचाल समेत छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij