२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

इडन इङ्लिस बोर्डिङ स्कुलमा सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव हुँदै

इडन इङ्लिस बोर्डिङ स्कुलमा सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव हुँदै

इडन इङ्लिस बोर्डिङ स्कुलमा सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव हुँदै

इडन इङ्लिस बोर्डिङ स्कुलमा सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव हुँदै

इडन इङ्लिस बोर्डिङ स्कुलमा सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । इडन इङ्लिस बोर्डिङ स्कुलले तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

    विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि अगाडि बढाउँदै सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको विद्यालयका प्रधानाध्यापक शिवहरी भट्टराईले जानकारी दिए ।

    कार्यक्रममा राष्ट्रिय कलाकारको साथसाथमा विद्यार्थीहरूले पनि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने छन् ।

    विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ। कार्यक्रममा गायक रवि रिमाल, कुलेन्द्र विश्वकर्मा, हेमन्त शर्मा , गायिका सम्झना लामिछाने मगर तथा डान्सर साजन गुरुङले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालले बताए ।

    कार्यक्रम मङ्गलबार दिउँसो १ बजेदेखि विद्यालय परिसरमा सुरु हुनेछ। कार्यक्रममा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत  प्रस्तुत गर्नेछन्। विद्यालयका अनुसार विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने लक्ष्यका साथमा कार्यक्रमको आयोजना गरिएको हो। 

    यसैबीच, प्लस टु तहमा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूले ‘खाना महोत्सव’ पनि आयोजना गर्नेछन्। महोत्सवमा विभिन्न परिकार तयार गरी प्रदर्शनी तथा स्वाद चखाउने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेश गर्न सकिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij