बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता स्व. दीपक बोहोराका दुई छोरालाई पार्टीले टिकट दिएको छ ।
रुपन्देही–३ मा बोहोराका छोरा पाइलट गौरव बोहोरालाई उठाएको हो भने १ नम्बर क्षेत्रमा अर्का छोरा ई. प्रज्वल बोहोरालाई उमेदवार बनाएको हो ।
यस्तै, राप्रपाले रुपन्देहीको क्षेत्र नम्बर २, ४ र ५ मा क्रमशः कार्भिका थापा, अहमदद्दिन खान र मीनप्रसाद घिमिरेलाई उमेदवार बनाएको छ ।
रुपन्देही ३ मा ०७९ मा राप्रपाका वरिष्ठ नेता स्व बोहोराले जितेका थिए । उनको निधनपपछि हुन थालेको उपनिर्वाचन जेनजी आन्दोलनले रोकिन पुगेको थियो ।




