२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुकुम पूर्वमा एमालेले फेर्‍यो उम्मेदवार, प्रचण्डसँग लीलामणि भिड्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । नेकपा एमालेले रुकुम पूर्वमा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लीलामणि गौतमलाई उम्मेदवार बनाउने भएको छ । यसअघि केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले अन्तिम समयमा गौतमलाई अगाडि सारेको हो ।

    उनले पार्टीको महाधिवेशनमा ४० वर्ष कम उमेरबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेपछि जिल्ला अध्यक्ष छाडेका हुन् । गौतम अब नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भिड्ने भएका हुन् ।

    पार्टीको बलियो क्षेत्र खोजेर रुकुम पूर्व पुगेका प्रचण्डसँग भिड्न एमालेले स्थानीय राजनीतिबाट केन्द्रीय तहसम्मको अनुभव लिएका गौतमलाई अघि सारेको हो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व क्षेत्रबाट समानुपातिकतर्फ तत्कालीन माओवादी केन्द्रले ८ हजार २ सय ७१ मत प्राप्त गरेको थियो ।

    नेपाली कांग्रेसले ५ हजार ६ सय ९२ मत ल्याउँदा एमालेले ३ हजार ६ सय ५९ मत प्राप्त गरेको थियो । ०६४ देखि नै यो क्षेत्रमा तत्कालीन माओवादीले जित्दै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij