२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही ३ : काङ्ग्रेसबाट सुशील गुरुङ उम्मेदवार

रुपन्देही ३ : काङ्ग्रेसबाट सुशील गुरुङ उम्मेदवार

रुपन्देही ३ : काङ्ग्रेसबाट सुशील गुरुङ उम्मेदवार

रुपन्देही ३ : काङ्ग्रेसबाट सुशील गुरुङ उम्मेदवार

रुपन्देही ३ : काङ्ग्रेसबाट सुशील गुरुङ उम्मेदवार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • बुटवल । लामो समय देखि नै रुपन्देही ३ बाट प्रतिनिधि सभा निर्वाचनमा काङ्ग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको क्षेत्र मानिथ्यो। यो पटक खाण आफू उम्मेदवार नबन्दा क्षेत्र नम्बर ३ सभापति सुशील गुरुङ उम्मेदवार बन्ने भएका छन। उनी खाण निकट मानिन्छन। 


    रुपन्देहीको भैरहवामा सम्पन्न प्रदेश, जिल्ला र  क्षेत्रिय सभापतिहरुको प्रथम राष्ट्रिय प्रशिक्षण तथा सम्मेलनको नेतृत्व गर्दै सभापतित्व गरेका गुरुङ सामाजिक कार्यमा समेत निकै कृयाशिल छन।

    यहाँ ०७९ मा खाणलाई राप्रपाका वरिष्ठ नेता स्व. दीपक बोहराले पराजित गरेका थिए। 


    यहाँ नेकपा एमालेबाट बासुदेब घिमिरे, रास्वपाका डा लेखजंघ थापा, राप्रपाबाट स्व. बोहराका छोरा गौरब बोहरा लगायत उम्मेदवार छन। 

    को हुन गुरुङ
    सुशील गुरुङले २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका हुन्।

    २०५४ सालमा ने.वि. संघ भैरहवा बहुमुखी क्याम्पस इंकाइ अध्यक्ष हुँदै २०५५ सालमा स्ववियु भैरहवा बहुमुखी क्याम्पसको उपसभापति (२०५५–२०५७) र २०५७ सालमा स्ववियु सभापति निर्वाचित भए।

    सोही वर्ष स्ववियु परिषद् केन्द्रीय समितिको सह–सचिवको जिम्मेवारी सम्हालेका उनले २०६१ सालमा ने.वि. संघ रुपन्देहीको अध्यक्षको रूपमा नेतृत्व गरे। २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका गुरुङ नेपाली कांग्रेसको १२औँ महाधिवेशन (२०६७) बाट रुपन्देही क्षेत्र नं. ३ का लागि क्षेत्रीय सचिव निर्वाचित भए भने १३औँ महाधिवेशन (२०७२) बाट सोही पदमा पुनः निर्वाचित भए।

    १४औँ महाधिवेशन (२०७८) बाट भने उनी रुपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापतिका रूपमा निर्वाचित भए।
    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय गुरुङ २०५७ सालमा नेपाल तमु विद्यार्थी छोंज धीं केन्द्रीय समितिका सदस्य बने। २०६६ सालमा सिद्धार्थ जेसिज (जेसिआई सिद्धार्थ, नेपाल) का अध्यक्ष भई नेतृत्व सम्हालेका उनी हाल त्यस संस्थाका सल्लाहकार छन्।

    २०७४ सालमा नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको अध्यक्ष तथा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको अध्यक्ष (२०१७/०१८) का रूपमा कार्य गरेका उनले २०७७ र २०८१ सालमा दुई पटक पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी सम्हाले।

    २०७५ सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्य, २०७८ सालमा सोही महासंघ सिद्धार्थनगरको अध्यक्ष, २०८० सालमा सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्य बनेका गुरुङ २०८१ सालमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको जिल्ला उपसभापति तथा रक्त सञ्चार सेवा समिति रुपन्देहीको संयोजक नियुक्त भए।

    हाल २०८२ (सन् २०२५/०२६) मा लायन्स डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट सल्लाहकारका रूपमा उनी सामाजिक सेवामा निरन्तर क्रियाशील छन्।

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij