२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार आज बिहान मात्रै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गैरेको टिकट लिएर पाल्पा आउँदै गरेको जानकारी दिए ।

    ‘बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो । अहिले केहीबेरमा अध्यक्षले गैरेको टिकट लिएर आउनु भएको छ,’ घर्तीले भने । ठाकुर गैरेले पनि आफूले टिकट पाएको बताए ।

    यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।

    अघिल्लोपटक चुनाव जितेका ठाकुर गैरेलाई टिकट नदिएर ओली निकट राउतलाई टिकट दिइएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij