बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट नेसनल रिपब्लिक नेपाल पार्टीका तर्फबाट थमनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुढाले देशमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी र भ्रष्टाचार अन्त्य गर्न आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
यहाँ नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल २०६४ देखि लगातार चुनाव जित्दै आएका छन् । उनले २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए । यहाँ १ लाख ३५ हजार ५० मतदाता छन् ।




