बुटवल । बिहान १० बजेबाट शुरु भएकाे मनाेनयनका क्रममा रुपन्देही २ मा सवा ४ बजेसम्म ३४ जनाले उम्मेद्वारी दिएका छन् । १७ वटा दलबाट र १७ जना स्वतन्त्र गरि ३४ जनाले उम्मेद्वारी दिएकाे रुपन्देही क्षेत्र नम्बर २ निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीले जानकारी दिए ।
उनका अनुसार यहाँ नेकपा एमालेबाट पार्टिका उपाध्यक्ष बिष्णु पाैडेलले मनाेनयन गरिसकेका छन् । नेपाली कांग्रेसबाट चुन्नु प्रसाद शर्मा पाैडेल, रास्वपाबाट सुलभ अर्यालले मनाेनयन गरेका छन् । नेकपाबाट सुबास पाण्डे विश्वदिप, राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दल बाट राजु पाैडेल, जनसेवा पार्टीबाट निकाेलश भुसाल, जनमाेर्चाबाट रुक बहादुर पराजुलीले मनाेनयन गरिसकेका छन् ।
यस्तै जनता समाजबादी पार्टि नेपालबाट दिपक गुरुङ, नेकपा माओबादीबाट बिरेन्द्र बिक, जनमुक्ति पार्टीबाट केशब बहादुर थापा , श्रम संस्कृति पार्टिबाट भिम बहादुर गाैतम, समावेशी समाजबादी पार्टिबाट देबेन्द्र बहादुर खत्री. प्रलाेपाबाट नारायणप्रसाद नागिला, मंगाेल नेशन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेमकिपाबाट राेशिना ब्यन्जु / नेशनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगर ले मनाेनयन गरेका छन् ।




