२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

महावीर पुनले भने– अध्यादेश र नियमावली स्वीकार गरेको भए चुनाव लड्ने थिइनँ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य पदका उमेदवार बनेका महावीर पुनले आफूले ल्याउन खोजेका तीन अध्यादेश र चार नियमावाली स्वीकार नगरिएको बताएका छन् । ती अध्यादेश र नियमावली स्वीकार गरिएको भए आफू चुनाव लडिरहेको स्थितिमा नहुने उनले उल्लेख गरेका छन् ।

    “शिक्षा क्षेत्रमा आमसुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड्ने थिएन,” पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

    अन्तिम घडीसम्म कोसिस गर्दा पनि केही सीप नलागेपछि अचानक आफू निर्वाचनमा होमिएको उनले बताएका छन् । “एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्यसचिवले अलमल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,” उनले लेखेका छन् ।

    आफू म्याग्दीको मुनागाउँतिर चुनाव प्रचार गर्न हिँडेको पनि उनले उल्लेख गरेका छन् । त्यसपछिका अरू पोस्टमा उनले मुनागाउँतिर जाँदै गरेको भन्दै भिडियो सेयर गरेका छन् ।

    मंगलबार ९माघ ६० उनले म्याग्दीबाट उमेदवारी दर्ता गराएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij