२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सभापति जितेपछि पहिलोपल्ट सानेपा जाँदै गगन थापा

सभापति जितेपछि पहिलोपल्ट सानेपा जाँदै गगन थापा

सभापति जितेपछि पहिलोपल्ट सानेपा जाँदै गगन थापा

सभापति जितेपछि पहिलोपल्ट सानेपा जाँदै गगन थापा

सभापति जितेपछि पहिलोपल्ट सानेपा जाँदै गगन थापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा शुक्रबार (माघ ९) पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् ।

    काठमाडौं उपत्यकामा उपलब्ध नवनिर्वाचित केन्द्रीय समितिका सदस्यसहित शुक्रबार बैठक पनि बस्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    “प्राविधिक कारणले हामी पार्टी मुख्यालय जान सकेका थिएनौँ । अहिले पनि एकदुईवटा कोठा मर्मत गर्न लगाएर मुख्यालय जान लागेको हो,” उनले भने, “पार्टी मुख्यालय नजानुको अन्य कुनै कारण छैन ।”

    केन्द्रीय समिति बैठकबाट केही नयाँ घोषणा गरिन सक्ने उनले बताए ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गएको पुस ३० गते थापा सभापति बनेका हुन् । त्यसपछि बानेश्वरस्थित अर्पण बैंक्वेटमा नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवार बनेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij