२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओलीको कटु आलोचक रामकुमारी उनकै ‘कृपा’ले पुगिन् राष्ट्रियसभा

ओलीको कटु आलोचक रामकुमारी उनकै ‘कृपा’ले पुगिन् राष्ट्रियसभा

ओलीको कटु आलोचक रामकुमारी उनकै ‘कृपा’ले पुगिन् राष्ट्रियसभा

ओलीको कटु आलोचक रामकुमारी उनकै ‘कृपा’ले पुगिन् राष्ट्रियसभा

ओलीको कटु आलोचक रामकुमारी उनकै ‘कृपा’ले पुगिन् राष्ट्रियसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • बुटवल
    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकालमा रामकुमारी झाँक्री तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक थिइन् । 


    ओलीले संसद विघटन गरेका बेला प्रचण्ड–माधव समूहले गरेको सभामा रामकुमारीले ओलीले बोल्न नदिएको लक्षित गर्दै मुखमा कालो टेप टाँसेर ‘बोल्न पाइन्छ’ भन्दै टेप उप्काएर ब्यङ्ग्य गरेकी थिइन् । 


    उनले ओलीलाई कागजी बादशाहको संज्ञा दिनेदेखि थुप्रै विषयमा आलोचना गरेकी थिइन् । नेकपा विभाजनपछि एमालेमा विवाद चर्किंदै जाँदा रामकुमारीले माधव नेपालको हात समाएर पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी गठनमा अगुवाइ गरेकी थिइन् । 


    जुन दललाई ओलीले कहिल्यै मान्यता दिएनन् । बरु एकीकृत समाजवादी गठनमा लागेका १० सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले लामो समय संसद अवरुद्ध ग¥योे । यी सबै घटनाक्रमको केन्द्रमा रामकुमारी पनि जोडिएकी थिइन् । 


    २०७८ सालमा एमाले विभाजन भएपछि उनी नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भइन् र उक्त पार्टीको सचिव भइन् ।  यही दलको तर्फबाट उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्री (२०७८–२०७९) को जिम्मेवारीमा पुगिन् ।

    मन्त्रीबाट राजीनामा दिनुपर्दा रोएको घटनाले उनी आलोचित हुन पुगिन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गुल्मी–२ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा एमालेका गोकर्ण विष्टसँग प्रतिस्पर्धा गरिन्, तर पराजित भइन् । 
    तीन महिनाअघि मात्रै नेकपा एमालेमा फर्किएपछि उनले ओलीको प्रशंसा गर्न थालिन् । एमालेको महाधिवेशनमा पनि ओली समूहबाट केन्द्रीय सदस्य निर्वाचित भइन् । 


    एमाले प्रवेश गरेको छोटो समयमै ओलीसँग नजिकिएपछि उनले राष्ट्रियसभा सदस्यको टिकट पाइन् र कांग्रेससँगको गठबन्धनबाट लुम्बिनी प्रदेशबाट महिलातर्फ सहज जित हासिल गरिन् । लामो समय ओलीको कटु आलोचक रहेकी रामकुमारीले ओलीको मन पगालेर टिकट हात पार्नुलाई धेरैले अचम्म मानेका छन् । एमाले अध्यक्ष केपी ओली त्यस्ता नेता हुन् जसले आफ्नो आलोचना गर्ने नेता कार्यकर्ताको एक एक हिसाब राखेका हुन्छन् । आफूसँग भिन्न मत राख्नेलाई ओलीले ‘भीम रावल बनाइदिन्छन्’ भन्ने भाष्य नै बनेको छ ।


     हुन पनि यसपाली एमाले महाधिवेशनमा होस् वा प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनमा ओलीले आफूसँग फरक मत राख्ने नेताहरुलाई ‘कर्नर’मा पु¥याइदिए । पार्टी पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, उप–महासचिव योगेश भट्टराई, पूर्व सचिव गोकुल बास्कोटा, विन्दा पाण्डेलगायतलाई ओलीले टिकट दिएनन् ।


    तर गुल्मी २ बाटै प्रतिनिधिसभा सदस्यकी आकांक्षी रामकुमारीलाई राष्ट्रियसभामा व्यवस्थापन गरेर पार्टीका उपाध्यक्ष गोकर्ण विष्टलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन ओलीले बुद्धिमानी निर्णय गरेको एमाले नेताहरु टिप्पणी गर्छन् । 
    २०३५ जेठ ९ गते गुल्मी जिल्लामा जन्मेकी रामकुमारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिइन् । उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष बन्ने पहिलो महिला नेतृ हुन् । २०६२-०६३ को जनआन्दोलनका क्रममा उनी सडक आन्दोलनको अग्रपंक्तिमा रहेर राजतन्त्रविरुद्ध खुलेर उभिइन् । त्यसै आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परिन्, जसले उनलाई आम जनतामाझ एक साहसी र संघर्षशील नेतृको रूपमा चिनायो ।


    २०७४ मा समानुपातिक प्रणालीमार्फत् संघीय संसदको प्रतिनिधिसभा सदस्य बनेकी रामकुमारी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने गुल्मी–२ मा नेकपा एकीकृत समाजवादीबाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिइन् । तर एमालेका गोकर्ण विष्टसँग पराजित भइन् । आइतबार भएको  राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएसँगै झाँक्री पुनः संघीय संसदमा फर्किएकी छन् । बेलाबेला अस्वभाविक र उत्तेजक अभिव्यक्तिका कारण झाँक्रीले बेला बेला आलोचनाको शिकार बन्ने गरेकी छन् । 


     विगतमा झाँक्रीको विशेषता भनेको उनी पार्टी अनुशासनभन्दा बाहिर गएर पनि विचार राख्न तयार हुन्थिन् ।  तर अब केपी ओलीसँगको निकटताले अबका दिनमा कसरी प्रस्तुत हुन्छिन् त्यो हेर्न बाँकी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij