२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही ३ मा रास्वपाको चुनावी कमाण्डरमा नारायण भण्डारी,१००८ जनाको समिति गठन

रुपन्देही ३ मा रास्वपाको चुनावी कमाण्डरमा नारायण भण्डारी,१००८ जनाको समिति गठन

रुपन्देही ३ मा रास्वपाको चुनावी कमाण्डरमा नारायण भण्डारी,१००८ जनाको समिति गठन

रुपन्देही ३ मा रास्वपाको चुनावी कमाण्डरमा नारायण भण्डारी,१००८ जनाको समिति गठन

रुपन्देही ३ मा रास्वपाको चुनावी कमाण्डरमा नारायण भण्डारी,१००८ जनाको  समिति गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • भैरहवा ।  रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको निर्वाचन परिचालनका लागि चुनावी कमाण्डर नारायण प्रसाद भण्डारी बनेका छन् ।  मंगलबार भैरहवास्थित रास्वपा जिल्ला पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले भण्डारीलाई निर्वाचन परिचालन समितिको कमाण्डर बनाउने निर्णय गरेको हो ।

    त्यस्तै रुपन्देही–३ (१) मा पार्थिवेन्द्र उपाध्याय र ३ (२) मा महेन्द्र उपाध्यायलाई निर्वाचन परिचालन समितिको कमाण्डर बनाइएको कमाण्डर नारायण प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार बैठकले समितिको सिफारिसमा १ हजार ८ जना सदस्य रहेको क्षेत्रीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । जसअन्तर्गत क्षेत्र नम्बर ३ का सभापति मधु अर्यालको संयोजकत्वमा क्षेत्रीय, पालिका, वडा र अन्य समायोजन भएका व्यक्तिहरुसहित प्रचारप्रसार समिति गठन गरिएको भण्डारीले बताए।

    निर्वाचन परिचालन समिति अन्तर्गत आर्थिक समितिको संयोजकमा अमर खड्का, अनुगमन समितिको संयोजकमा कृष्ण प्रसाद भण्डारी लगायत १३ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

    उपसमिति सञ्चालन तथा व्यवस्थापन समितिको गठन गरी नेता विनोद खरेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

    त्यसै गरी बैठकले माघ १४ गते बुधबार देखि रुपन्देही–३ अन्तर्गत ३६ वटै वडामा वडा कार्यालयको उद्घाटन, वडामा विस्तारित बैठक तथा प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको भण्डारीले जानकारी दिए ।

    चुनावी कमाण्डर बनेका भण्डारी  उद्योग ब्यापार संगठन भैरहवाका पुर्व अध्यक्ष हुन् । भण्डारी चार वर्ष अघि एमाले छाडेर स्वतन्त्र अभियान चलाइरहेका थिए । हालै मात्र भण्डारीको नेतृत्वमा भैरहवाका व्यवसायीको एक समूहले पार्टी सभापति रवि लामिछाने सहितका पदाधिकारीलाई भेटेर औपचारिकरुपमा रास्वपा प्रवेश गरेका हुन् ।  २०७९ को स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरको मेयरको टिकट पाएर खोसिएपछि डा. रामप्रसाद बस्याललाई दिएपछि भण्डारीले एमाले परित्याग गरी तीन वर्ष सम्म स्वतन्त्र बसेका थिए ।  भण्डारीले विशेषगरी काठमाडौंका मेयर बोलन शाह र रास्वपाबीच एकता हुनुपर्छ भन्ने मान्यता राख्दै आएका थिए । सोही अनुसार बालेन र रास्वपाबीच एकता भएपछि भण्डारीको टिम रास्वपा प्रवेश गरेको हो  । उनै भण्डारीलाई रास्वपाले रुपन्देही ३ को निर्वाचन परिचालन समिति कमाण्डरको जिम्मेवारी दिएको हो । भण्डारीका साथमा उद्योग ब्यापार संगठन भैरहवाका वर्तमान अध्यक्ष सचिन रोका लगायतको टिम छ ।  रुपन्देही ३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार छन् । यहां कांग्रेसबाट शुशिल गुरुङ, एमालेबाट वासुदेव घिमिरे,राप्रपाबाट पाइलट गौरव बोहरा, नेकपाबाट फैज अहमद खान लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij