२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विकास निर्माण र शुसासनमा केन्द्रित भएर काम गर्न जनप्रतिनिधीलाई एमाले पाल्पाको अनुरोध

विकास निर्माण र शुसासनमा केन्द्रित भएर काम गर्न जनप्रतिनिधीलाई एमाले पाल्पाको अनुरोध

विकास निर्माण र शुसासनमा केन्द्रित भएर काम गर्न जनप्रतिनिधीलाई एमाले पाल्पाको अनुरोध

विकास निर्माण र शुसासनमा केन्द्रित भएर काम गर्न जनप्रतिनिधीलाई एमाले पाल्पाको अनुरोध

विकास निर्माण र शुसासनमा केन्द्रित भएर काम गर्न जनप्रतिनिधीलाई एमाले पाल्पाको अनुरोध
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१

  • पाल्पा । नेकपा एमाले  पाल्पाले संघ, प्रदेश र स्थानीय तह बाट निर्वाचित जनप्रतिनिधीहरु लाई जनता केन्द्रित, जनता मैत्री भएर विकास निर्माण र शुसासनमा काम गर्न अनुरोध गरेको छ ।  

    केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएको अवशरमा एमालेको राष्ट्रिय नारा सुखी नेपाली सम्बृद्ध नेपालको अभियान पुरा गर्न  जिल्ला जिल्ला बाटै  काम गर्न  एमाले बाट निर्वाचित ३ वटै तहका जनप्रतिनिधीहरु लाई  एमाले पाल्पाले निर्देशन गरेको छ । पाल्पामा दुई वटै संघिय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र मध्ये दुई निर्वाचन क्षेत्र, दश स्थानीय तह मध्ये ६  वटामा प्रमुख, पाँचमा उप प्रमुख, जिल्ला समन्वय समिती र ८१ वटा वडाहरु मध्ये ४१ वटा वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन । 


    एमाले पाल्पाले संघिय, प्रदेश सांसद, पालिका प्रमुखहरु, जिल्ला समन्वय समितीका प्रमुख, पालिका प्रमुखहरु लाई एकै ठाउँ  राखेर जनताको आवश्यकता लाई मध्यनजर गरी विकास निर्माणका काम गर्न,  आ आफ्नो क्षेत्रमा शुसानका काम गर्न अनुरोध गरेको छ । 


    जनताले पाल्पामा एमाले लाई सधै पहिलो पाटी बनाएका छन, जनताको भावना अनुसार काम गरेर मिशन ८४ मा एमालेको पक्षमा जनलहर ल्याउने गरेर काम   गर्न जिल्ला बाट निर्वाीचत ३ वटै तहका जनप्रतिनिधीहरु लाइ एमाले लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कडेलले आग्रह  गरे ।

     पाटी बाट उम्मेदवार भई जनता बाट निर्वाीचत जनप्रतिनिधीहरुले आ आफ्नो घोषणापत्र, पाटीको घोषणापत्र, स्थानीय जनताको भावना र आवश्यकता अनुसार कामहरु भएका छन की छैनन भनेर समिक्षा गरी भावी योजनाका विषयमा छलफल केन्द्रित भएको एमाले अध्यक्ष ओम बहादुर घर्तीमगरले बताए ।  


    छलफलमा एमाले जिल्लाका पाटी पदाधिकारीहरु, पाल्पा क्षेत्र नंं १ प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सदस्यहरु राजु प्रसाद श्रेष्ठ, खेम बहादुर सारु, ईन्द्रा गहतराज, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे तथा ६ वटा पालिकाका प्रमुख, उप प्रमुखहरु, १० वटै पालिकाका पाटी अध्यक्षहरुको  सहभागिता रहेको थियो ।  


    कार्यक्रममा संघिय सांसद नारायण प्रसाद आचार्यले जनताको आवश्यकताको आधारमा पाटीले घोषणापत्र बनाएर, घोषणापत्र लाई आधार बनाएर आफुहरुले काम गर्दै आएको छलफलमा बताए । स्थानीयतहका पालिका प्रमुखहरुले जनताको घरदैलो बस्ती बस्तीमा पुगेर, जनताको हरेका दुःखमा साथ दिएर, पाटीको मुल उद्देश्य पुरा हुने गरी काम गर्दै आएको बताए । 


    पाटी अध्यक्ष ओम बहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रmमा पाटी उपाध्यक्ष विमल काफ्लेको स्वागत र उप सचिव दिपक विश्वकर्माको संचालनमा भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij