२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही २ मा प्रलोपाको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन

रुपन्देही २ मा प्रलोपाको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन

रुपन्देही २ मा प्रलोपाको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन

रुपन्देही २ मा प्रलोपाको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन

रुपन्देही २ मा प्रलोपाको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • बुटवल । रुपन्देही क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । बुटवल ६ आदर्शनगरमा खोलिएको कार्यालयको पार्टीका केन्द्रीय नेता वामदेव क्षेत्रीले शुक्रबार उद्घाटन  गरेका हुन् ।

    सो अवसरमा नेता क्षेत्रीले जेन जी विद्रोहको म्याण्डेट अनुसार तीन वटा जेन सी समूह सहित गठन भएको प्रलोपा विचार सहितको नयां र वैकल्पिक पार्टी भएको तर्क गरे ।

    पार्टीको नेतृत्वमा पुराना स्थापित नेताहरु नरहेर जेन जी युवा रहेको दल प्रलोपा मात्रै भएको क्षेत्रीको तर्क छ । प्रलोपाले रुपन्देहीमा घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तसंग तालमेल गरेको जानकारी गराउंदै रुपन्देही २ र ५ मा नेकपा संयुक्तले प्रलोपाका उम्मेदवारलाई तथा रुपन्देही १ र ४ मा प्रलोपाले नेकपा संयुक्तका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको बताए ।  

    रुपन्देही २ का प्रलोपाका उम्मेदवार नारायण नागिलाले सामाजिक सञ्जालको भरमा मतदाताले धारणा बनाउन नहुने आग्रह गर्दै रास्वपाको स्पष्ट विचार, दृष्टिकोण नभएको र संघीयताबारे  समेत प्रस्ट नभएको आरोप लगाए ।

    भ्रष्टाचार अन्त्य,सुशासन र जनजिविका प्रलोपाका मुख्य एजेण्डा भएको भन्दै उनले उम्मेदवारहरुको आर्थिक हैसियत कसरी माथि पुग्यो भन्ने केलाएर मतदान गर्नुपर्ने आग्रह गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij