२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
शनिवार, श्रावण ५ २०८१
शनिवार, श्रावण ५ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने तयारी गरेका छन् । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची सार्वजनिक भएको छ ।

    लुम्बिनी प्रदेश सभाले २४ औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्य सहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावीत कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

    यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

    केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

    सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    अहिले मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक÷एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij