परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीले निर्वाचनको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ । पाल्हीनन्दन गाउँपालिकाको वडा न ३ बेलाशपुर चोकमा निर्वाचन क्षेत्र नं. २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको हो ।
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र न २को उम्मेदवार एवम राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष धुब्र बहादुर प्रधानले निर्वाचनको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै प्रधानले २०७९ चुनावमा अपर माया दिएर ससाद पठाएको र जनताको भानव अनुसार सदन वा सडकबाट पूरा गर्न हरसम्भव लागेको बताए ।
भदौ २३ २४ जेनजीले आन्दोलनले चाहेको देशमा भ्रष्टाचार र सुशासन कायम गर्न राप्रपाले पहिलादेखि यी सबै माग उठाउँदै आएको बताए ।
जनतामा जुन बाचा गरेकोत्यो बाचा पूरा गर्ने कार्य गरेको र सामाजिक सदभावको समाजको सृजना गरेको उनको भनाई थियो ।
राप्रपाले भष्टचार गरि खानु भनेको आमाको रगत खानु सरह हो प्रधानले भने । शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिए ।
हिन्दु राज्य कायम गर्न सबैधर्म सामान गरेको राप्रपाको मुल एजेन्डा भन्दै संस्कृति पहिचानको कुरा गर्ने राप्रपा पार्टी भएको बताए । प्रत्यक्ष कार्यरी प्रधानमन्त्री राप्रपाको एजेन्डा बोकेको प्रधानले बताए ।
पाल्हीनन्दन गाउँपालिका बेलशपुर ,सरावलको मनरी,सदरमुकाम परासीमा निर्वाचन क्षेत्र नंं. २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष ओम बहादुर सिह,कार्यालय सचिव माधवलाल श्रेष्ठ लगायतले धारणा राखेका थिए ।




