२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा उमेदवार खरेललाई सहकारी पीडितले एकघण्टा कुरे, उनी बाहिर निस्केनन्

रास्वपा उमेदवार खरेललाई सहकारी पीडितले एकघण्टा कुरे, उनी बाहिर निस्केनन्

रास्वपा उमेदवार खरेललाई सहकारी पीडितले एकघण्टा कुरे, उनी बाहिर निस्केनन्

रास्वपा उमेदवार खरेललाई सहकारी पीडितले एकघण्टा कुरे, उनी बाहिर निस्केनन्

रास्वपा उमेदवार खरेललाई सहकारी पीडितले एकघण्टा कुरे, उनी बाहिर निस्केनन्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • बुटवल । रुपन्देही २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

    मंगलबार दिउँसो बुटवल ११ होराइजन चोकमा सहकारी पीडितहरुले रास्वपा उमेदवार  खरेल मत माग्न हिंड्दै गरेको थाहा पाएर पीडितहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर त्यहां पुगेका थिए ।

    पीडितहरुले सुप्रिम सहकारीको वचत अपचलनमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै ‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ’?,  ‘सिंहदरबार किन जलाएको ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए । हाम्रो पैसा खाएका मान्छे खुलेआम हिंड्ने, हाम्रो पैसा फिर्ता नहुने ?– पीडितहरुले सामुहिक प्रश्न थियो  ।

    तर सहकारी पीडित जम्मा भएको थाहा पाएपछि उम्मेदवार खरेल नजिकै रहेको एलडोराडो रेष्टुरेन्टभित्र गएर बसेका पीडित मध्येका एक सोनु श्रेष्ठले बताए । बाहिर सहकारी पीडित उभिएको देखेपछि खरेल एक घण्टासम्म रेष्टुरेन्टबाट बाहिर ननिस्केपछि आफूहरु त्यहांबाट निस्केको श्रेष्ठले बताए ।

    ‘उहां (खरेल) घरदैलोमा हुनुहुन्छ भन्ने थाहा पाएर हामी हाम्रो वचत कहिले फिर्ता हुन्छ भन्ने सोध्न आएका थियौं तर हामीलाई देखेपछि उहां रेष्टुरेन्टभित्र जानुभयो, एक घण्टासम्म कुर्दा पनि बाहिर निस्कनुभएन’–श्रेष्ठले भने–‘उहां नआएपछि उहांसंग नभेटी हामी फेरि अर्कोपटक प्रदर्शन गर्ने भनेर निस्क्यौं  ।’ 

     ‘हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? हामीलाई यसको जवाफ दिनुपर्यो नि’–श्रेष्ठले भने –‘यही प्रश्न सोध्न आएको थियौंैैं तर भेट्न पाएनौं, हाम्रो परिवारका दुईजनाको ११ लाख फिर्ता हुनुपर्नेछ ।’ सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरु न्युन आय भएका छन् । उनीहरुले तीन बर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् ।

    सहकारी पीडितले आफ्नो प्रचार अभियानमा प्रदर्शन गरेको बिषयमा उमेदवार खरेलले भने अनभिज्ञता प्रकट गरे । उनले चुनावका बेलामा यस्ता घटना हुने भन्दै यो विषय आफ्नो नभएको बताए । एल डोराडो रेष्टुरेन्टका कर्मचारी  सूर्य क्षेत्रीले रास्वपाका १०–१२ जना मान्छे खाना खान  आएको बताए । 

    सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको छ । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको अभियोग छ ।

    सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij