२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश

रुपन्देही–३ का जसपा नेपालको उम्मेदवार नै एमालेमा प्रवेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • बुटवल । रुपन्देहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्षतर्फका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।  

    जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य श्रीनिवास यादव रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका थिए । सोमबार उनले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जनाए ।

    एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले यादवको पार्टी प्रवेशले रुपन्देही–३ मा पार्टी विजय सुनिश्चित भएको दावी गरे ।

    ‘मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि नेकपा एमाले नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएको छ’, एमाले पार्टी प्रवेश गर्दै यादवले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिदैं नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij