२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार खरेलको  चुनावी प्रतिबद्धता घोषाण

नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार खरेलको  चुनावी प्रतिबद्धता घोषाण

नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार खरेलको  चुनावी प्रतिबद्धता घोषाण

नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार खरेलको  चुनावी प्रतिबद्धता घोषाण

नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार खरेलको  चुनावी प्रतिबद्धता घोषाण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • परासी 
     नेकपा एमाले पार्टीका नवलपरासी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेलले आफ्ना चुनावी प्रतिबद्धता घोषाण गरेका छन् । निर्वान क्षेत्र नं. २ का क्षेत्र चुनाव प्रचारप्रसार  सम्पर्क कार्यालय तथा पत्रकार सम्मलेनको आयोजन गरी खरेलले आफ्ना चुनावी प्रतिबद्धता घोषाण गरेका हुन् । 


    उनले २५ बुँदे चुनावी प्रतिबद्धता घोषाण गर्दै रामग्राम, सुनवल पाल्हीनन्दनमा एक एक वडामा सिटी हल निर्माण , “एक निर्वाचन क्षेत्र, एक खाद्य भण्डार” नीति अवलम्बन गरी कृषि उत्पादनको बजार र उपभोक्ताको सहज आपूर्तिको व्यवस्था गरिने, कृषि उत्पादनमा वृद्धि तथा आपूर्तिमा सुधार गर्दै कृषि क्षेत्रको व्यवसायीकरण, साना, मझौला तथा ठूला उद्योग र सहकारीका माध्यमबाट स्थानीय रोजगारीमा वृद्धि गर्ने युवालाई रोजगारी, उद्यमशीलतामूलक स्वरोगारीका लागि सीप, पूँजी र व्यवसायीक तालिम दिई शुरुवाती व्यवसाय गर्न वीउपूँजी सहुलियतपूर्ण व्याजदरमा उपलब्ध हुने व्यवस्था , रामग्राम, पण्डितपुर, जावा, कोलवृक्ष, कररपत्त नगर, पाल्हीमा रहेको नन्दन ताल, देवदह ताल, तरगौली लगायत बुद्धसँग जोडिएका र पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धन, सम्बद्र्धन र निरन्तर आवश्यक पूर्वाधार विकास गर्ने प्रमख प्रतिबद्धता रहेको बताए । 


    यस्तै अवस्थित बासोबासी र भूमिहिनलाई पूर्जा बितरण गरिबी विपन्नलाई अवासको व्यवस्ता मिलाउने, भ्रष्टचारमा शून्य सहशिलाता कायम गरी सुशासन अवधारणलाई पूर्ण पालन गर्ने गरी कार्यन्वयन गर्ने र दलित विपन्न बर्ग अहसाय पछाडि परेका समुदायलाई निशुल्क शिक्षिाको व्यवस्था गर्ने, जिल््लाकै मुल भन्सार नाकाको रुपमा रहेको महेशपुर भन्सारलाई पूर्ण क्षमतामा संचालन गर्नको लागि पूर्वाधार विकास, स्रोतको सुनिश्चितता र महेशपुर –परासी–सुनवलको बाटो चारलेनमा विस्तारको क्रममा रहेको र सो बाटोलाई सुनवल हुँदै पाल्पा सहितका पहाडी जिल्लाहरूसँग जोडने व्यापारिक मार्गहरूलाई महत्वका साथ निर्माण खरेलले प्रतिबद्धतापत्र उल्लेख गरेका छन । 


    तुरिया, पानभार, सोमनाथ–झरही, भलुही, भुमहीलगायतका ठूला र अन्य साना घोला खोलाको किनार क्षेत्रको तटवन्धनमार्फत् सम्बन्धित तटीय क्षेत्रको वर्षेनी हुने डुवान रोक्ने व्यवस्था मिलाइने छ । सुनवल स्थित लुम्बिनी चिनी मिललाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सो स्थानमा मेडिकल कलेज, अस्पताल वा विश्वविद्यालय संचालन गर्न पहल गरिनेछ पर्यटन क्षेत्रमा अघि बढदै, भगवान गौतमबुद्धको एकमात्र अस्तुधातु रहेको स्थान रामग्राम स्तूप लाई लुम्बिनीको विकास संगै जोडेर अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रिविन्दु बनाउनको लागि पहल गर्ने खरेलले बताए  ।


    कार्यक्रममा एमाले पूर्व पोलिव्युरो सदस्य बैजनाथ चौधरीले एमाले सरकार हुँदा नवलपरासी जिल्लामा एमाले धेरै विकास गरेको बताए । उनले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री हुँदा नवलपरासीमा अस्पताल, पुल सडक निमार्णमा र शिक्षामा धेरै विकास गरेको बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij