२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१५५ मध्ये १३ ले मात्रै बुझाए घोषणापत्र

१५५ मध्ये १३ ले मात्रै बुझाए घोषणापत्र

१५५ मध्ये १३ ले मात्रै बुझाए घोषणापत्र

१५५ मध्ये १३ ले मात्रै बुझाए घोषणापत्र

१५५ मध्ये १३ ले मात्रै बुझाए घोषणापत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, फाल्गुण ८ २०८२
शुक्रवार, फाल्गुण ८ २०८२
  • भैरहवा 
    प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीबाट विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले मात्रै बैङ्क कारोबारका लागि खाता खोलेको छन् । जिल्लामा १ सय ५५ जना उम्मेदवार रहेको मध्ये ९८ जनाले बैंक खाता सञ्चालनका लागि सिफारिस लागेका छन् भने ५७ जनाले अझै पनि बैङ्किङ कारोबारका लागि अनुमति नलिएका जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।


    जिल्ला निर्वाचन कार्यालयका अनुसार बैङ्किङ कारोबारका लागि सिफारिस लिनेमा अधिकांश राजनैतिक दलका उम्मेदवार रहेका छन् भने केही स्वतन्त्र उम्मेदवार रहेका छन् । 


    उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैङ्किङ खाता  अनिवार्य गरिको छ । चुनावमा राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्च पारदर्शी होस् भनेर पहिलो पटक यो अभ्यास थालेको छ । 


    समयमा छुटै खाता नखोल्नेहरूलाई कस्तो कारबाही हुन्छ भन्ने आमचासो छ । तर आयोगले भने दण्डात्मकभन्दा नैतिकताको कसीमा पार्न खोज्ने प्रयास भएको बताएको छ । यसपालिको अभ्यासले आउँदा दिनमा सुधारको आधार तयार पार्ने आयोगको विश्वास छ । खर्चको पारदर्शिता होस भन्नका लागि २५ हजारभन्दा बढी रकम अनुदान वा सहयोग गर्दा सम्बन्धितको खातामा जम्मा गर्ने व्यवस्था छ । 


    केहीले यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन आएका छन् भने केहीले आफँै सिफारिस बिनै खाता खोलेको पाइएको छ । ‘सिफारिस बिना खाता खोलिए आयोगले त्यसलाई मान्यता नदिने व्यवस्था छ, निर्वाचन प्रयोजनका लागि आवधिक समय मात्रै प्रयोग हुने यो खाताको कार्यालयको सिफारिसमा खुल्ने र उम्मेदवारले कार्यालयलाई जानकारी गराउनु पर्ने हुन्छ ।’ जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका लेखापाल केदारप्रसाद घिमिरेले भने । 


    रुपन्देहीको क्षेत्र नम्बर १ बाट ८ जनाले खाता खोलेको र २१ जनाले सिफारिस लगेका छन्, २ नम्बर क्षेत्रमा ३९ जना मध्ये ६ जनाले खाता खोलेका छन् भने २४ जनाले सिफारिस लगेका छन्, ३ नम्बर क्षेत्रमा ३६ जना मध्ये ६ जनाले खाता खोलेका छन् भने १३ जनाले सिफारिस लगेका छन्, ४ नम्बर क्षेत्रमा २२ जनामध्ये ४ जनाले बैंक खाता खोलेका छन् भने १९ जनाले सिफारिस लगेका छन् र ५ नम्बर क्षेत्रमा २७ जनामध्ये २१ जनाले सिफारिस लगेको ३ जनाले खाता सञ्चालन गरेको जानकारी कार्यालयमा आएको लेखापाल घिमिरेले जनाए । 


    निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरूले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैङ्किङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।


    यस्तै जिल्लामा रहेका १५५ जना उम्मेदवारमध्ये १३ जनाले आफ्नो घोषणापत्र बुझाएका छन् । कार्यालयका अनुसार ६ जना स्वतन्त्र उम्मेदवार र ७ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो । पछि आयोगले दलको घोषणा पत्र केन्द्रमा बुझाएपछि जिल्लामा नपर्ने व्यवस्था गरेको थियो । 


    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि जिल्लामा  ३ लाख ४६ हजार २ सय ३ जना पुरुष, ३ लाख ३६ हजार ३ सय ११ जना महिला र ९ जना अन्य गरी  ६ लाख ७२ हजार ५ सय २३ मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा २ सय ९  वटा मतदान स्थल र ७ सय ३२ मतदान केन्द्र तय भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij