२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जेन जी युवा र अन्य दलबाट ठूलो संख्यामा कांग्रेस प्रवेश, चुन्नु पौडेलले भने : जित निश्चित छ

जेन जी युवा र अन्य दलबाट ठूलो संख्यामा कांग्रेस प्रवेश, चुन्नु पौडेलले भने : जित निश्चित छ

जेन जी युवा र अन्य दलबाट ठूलो संख्यामा कांग्रेस प्रवेश, चुन्नु पौडेलले भने : जित निश्चित छ

जेन जी युवा र अन्य दलबाट ठूलो संख्यामा कांग्रेस प्रवेश, चुन्नु पौडेलले भने : जित निश्चित छ

जेन जी युवा र अन्य दलबाट ठूलो संख्यामा कांग्रेस प्रवेश,  चुन्नु पौडेलले भने  :   जित निश्चित छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • बुटवल  ।  नेपाली कांग्रेसमा ठूलो संख्यामा जेन जी युवा र विभिन्न दलका नेता कार्यकर्ता प्रवेश पछि रुपन्देही २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आफ्नो जित निश्चित भएको बताएका छन् । उनले आफू निस्थार्थ भावनाले देशको सेवा गर्न उम्मेदवार बनेको र चुनाव जितेपछि आफूले पाउने सबै पारिश्रमिक गरीब विपन्नको उपचार, शिक्षामा खर्च गर्ने  वाचा गरिसेकाले आफ्नो पक्षमा माहोल बनेको बताए । बुटवलमा आयोजित जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिता देखिएको छ  ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक तथा पूर्व राष्ट्रपति डा.रामवरण यादवका सल्लाहकार हरी शर्माले अहिलेको राजनीतिक सन्दर्भमा “भिड र भिजन छुट्याउन सक्नुपर्ने” आवश्यकता औंल्याउनुभयो।

    उहाँले भन्नुभयो, “नेतृत्व केवल भीड देखाएर स्थापित हुँदैन, स्पष्ट योजना, नीतिगत स्पष्टता र कार्यान्वयनको क्षमता चाहिन्छ । त्यो आधारमा नेपाली कांग्रेस स्पष्ट भिजनसहित अघि बढिरहेको छ।”

    उहाँले विशेषगरी युवामैत्री नीति, रोजगारी सिर्जना, शिक्षा सुधार, उद्यमशीलता प्रवद्र्धन र सुशासनका सवालमा कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयन गर्न सकिने र प्रभावकारी रहेको बताउनुभयो।

    “कागजमा मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्न सकिने कार्यक्रम कांग्रेसले अघि सारेको छ,” शर्माको भनाइ थियो । भेलामा चुन्न प्रसाद पौडेलको उम्मेदवारीलाई बलियो रूपमा समर्थन गरिएको थियो ।

    रुपन्देही क्षेत्र नम्बर २ को समग्र विकास, पूर्वाधार विस्तार, युवालाई स्वदेशमै अवसर र दीगो आर्थिक योजनाका लागि पौडेललाई विजयी गराउनुपर्ने धारणा राख्नुभएको थियो । युवा तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थितिले परिवर्तनको चाहना र नीतिगत बहसप्रति चासो बढेको संकेत दिएको सहभागीहरूको भनाइ थियो ।

    कार्यक्रमका वक्ताहरूले भावनात्मक नाराभन्दा तथ्य र योजनामा आधारित राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

    भेलाको समापनमा कांग्रेसको प्रतिज्ञापत्रलाई घरघरमा पु¥याउने र युवालाई सक्रिय रूपमा राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा युवा पुस्ताको उत्साहजनक उपस्थितिले चुनावी माहोल थप तातेको हो ।

    सो अवसरमा अन्य पार्टी छाडेर नेपाली कांग्रेसमा युवाहरु प्रवेश गरेका छन् ।

    vela youth (2).jpeg
    पार्टीप्रवेश पश्चात् काङ्ग्रेसी युवाहरू

    चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश

    निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली बुटवलका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आइतबार नेपाली कांग्रेसका ४० बर्ष मुनिका युवा भेलामा १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नव प्रवेशीहरूलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै रानाले २०४८ सालभन्दा अघि टेलिफोन समेत नभएको अवस्थामा कांग्रेस नेतृत्वको सरकारले ल्याएको संचार नीतिका कारण अहिले हातहातमा मोबाइल,भौतिक पुर्वाधार विकास,शिक्षा नीति स्वास्थ्य नीतिका कारण विकास निर्माणले गति लिएको बताए ।

    सो अवसरमा युवा नेता सुनिल शर्माले जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र नेताहरूको अस्वभाविक रहनसहन बिरूद्व रहेको बताए । उनले सामाजिक सञ्चाल मार्फत सेलिब्रेटी भएर मात्रै देश चलाउन नसकिने बताए । देश रेश र्याप,उखान टुक्काले देश नचल्ने र भिजन चाहिने बताए ।

    कार्यक्रममा अध्यक्ष विजय गुरूङ, प्रशिक्षण विभाग सदस्य सचिव बालकृष्ण पौडेल,प्रदेश प्रतिनिधि नरेश कुमार पुन,बिद्यार्थी नेता सुदिप शर्मा,नेविसंघ केन्द्रीय सदस्य अशोक गौतम, राजु रास्के लगायतले बोल्दै जेनजी आन्दोलनपछि परिवर्तन भएको दल नेपाली कांग्रेस मात्रै भएको उनीहरुको भनाइ छ ।

    कार्यक्रममा चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij