२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही २ : उम्मेद्वारहरु घरदैलोमा व्यस्त, आवश्वासन र प्रतिबद्धता बाँढ्दै उम्मे्‌वारहरु

रुपन्देही २ : उम्मेद्वारहरु घरदैलोमा व्यस्त, आवश्वासन र प्रतिबद्धता बाँढ्दै उम्मे्‌वारहरु

रुपन्देही २ : उम्मेद्वारहरु घरदैलोमा व्यस्त, आवश्वासन र प्रतिबद्धता बाँढ्दै उम्मे्‌वारहरु

रुपन्देही २ : उम्मेद्वारहरु घरदैलोमा व्यस्त, आवश्वासन र प्रतिबद्धता बाँढ्दै उम्मे्‌वारहरु

रुपन्देही २ : उम्मेद्वारहरु घरदैलोमा व्यस्त, आवश्वासन र प्रतिबद्धता बाँढ्दै उम्मे्‌वारहरु
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • बुटवल । फागुन २१ को चुनाव नजिकिंदै जाँदा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । अधिकांशहरुले आफ्‌ना घोषणपत्र लिएर मैदानमा गईरहेका छन् भने केही दलकै उम्मेद्वारहरुले ब्यक्तिगत रुपमा नै मत मागिरहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ का अधिकांश उम्मेद्वारहरुले घोषणपत्र लिएर घरदैलोमा गएका छन् ।  रास्वपाले भने सार्वजनिक रुपमा आफ्‌ना एजेण्डा सार्वजनिक गरेको छैन् तर आफुले गर्ने कुराहरु मतदातालाई सुनाईरहेका छन् । 


    विकासका योजना सुनाउँदै विष्णु पौडेलको घरदैलो

    रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले घरदैलोमा ब्यस्त रहेका छन् । उनले विकासका योजना तथा जनताको माग अनुसारका कुराहरु समयमै गर्ने प्रतिबद्धता गर्दै मत मागिरहेका छन् । उनले सुकुम्बासी क्षेत्रमा जाँदा केही महिनामा पुर्जा बितरण गर्ने भन्दै आएका छन् भने जुन क्षेत्रमा जे माग आईरहेको छ, त्यसलाई सम्बोधन गर्ने बताउँदै आएका छन् । उनले यो पटक शिक्षा, स्वास्थ्य, प्रविधि, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखेर जनतालाई बुझाईरहेका छन् । उनले बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकाका क्षेत्रमा घरदैलोमा सोही अनुसारका प्रतिबद्धता गरिरहेका हुन् । bishnu.jpg


    नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका पौडेलले हालसम्म सम्पन्न भएका विकास निर्माणका कामको सूची र पारदर्शितालाई आधार मानेर मूल्यांकन गर्न आग्रह गर्दै राजनीतिलाई विकास र समाजसेवाको माध्यमका रूपमा प्रयोग गर्दै आएको बताए । 

    रोजगारी सिर्जनाको प्रतिबद्धता सहित कांग्रेस घरदैलोमा
    नेपाली कांग्रेस रूपन्देही–२ ले पनि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो अभियानको क्रममा उम्मेद्वार चुन्न प्रसाद शर्मा पौडेलले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आईरहेका हुन् । उनले अहिले पनि आफुले ५ हजार बढि लाई ब्यक्तिगत रुपमा रोजगारी दिईरहेको दाबी गर्दै युवालाई रोजगार सिर्जना गर्दै आयमूलक कार्यमा लगाउने योजना रहेको सुनाउँछन् ।

    chunna.jpeg

    उनले विकासका योजनाहरु नियमित प्रक्रिया भएको बताउँदै अहिलेको आवश्यकता स्वदेशमै रोजगारी सिजर्ना गर्नु मुख्य विषयबस्तु रहेको बताउँदै अहिले सोही अनुरुपको कामहरु भईरहेको बताए । 
    उनले उद्योगमैत्री निति निर्माण गर्नुका साथै नयाँ र गर्न सक्ने सक्षम ब्यक्तिको रुपमा आफुलाई अगाडी बढाउँदै मत मागिरहेका छन् । 

    भक्ति चाचाको योगदान सम्झाउँदै घरदैलोमा नेकपाका विश्वदिप
    पूस्तान्तरणको मुख्य मुद्दा लिएर मैदानमा नआएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले आफ्‌ना बुबा भक्ति चाचा र आफु एउटै ब्यक्तिसंग प्रतिष्प्रर्धा गर्नुपरेको बताउँदै अब पुस्तान्तरणको समय आएको बताउँछन् । उनले आफ्‌नो घरदैलोमा लिखित प्रतिबद्धता जनाउने देखी कामका योजना टिपोट गर्नेसम्मको कामहरु गरिहेका छन् । उनले आफ्‌नो घोषणापत्र लिएर मैदानमा छन् । 

    biswadeep.jpg
    उनले आश्वासनको भरमा मात्रै बसेका बिभिन्न क्षेत्रमा भएका समस्या समाधान गर्नको लागि लिखित प्रतिबिद्धता समेत जनाएका छन् । उनले  स्थानीयवासीले विगतमा पटकपटक आश्वासन मात्रै पाएको गुनासो गरेपछि काम पूरा गर्ने समयसीमा र पहल गर्ने प्रतिबद्धता कागजमै उतार्नुपरेको उनले बताएका छन् । उनले आफ्ना बुवा स्व. भक्ति पाण्डेले यस क्षेत्रको विकासका लागि देखेको सपना पुरा गर्न आफूले उम्मेदवारी दिएको बताउँदै ती समयमा पूरा गर्ने बेला आएको बताउँै आफुलाई जिताउन अपिल गर्छन । 

    अहिलेको माहोलको फाईदा उठाउँदै रास्वपाका सुलभ खरेल
    रास्वापाका सुलभ खरेलले अहिलेको घण्टी लहरको फाईदा उठाउँदै घरदैलो समेत गरिहेका छन् । उनले नेपाली कांग्रेसका प्रचार कार्यालयहरुमा समेत पुगेर मत मागिरहेका छन् । यद्यपी घरदैलोमा जताततै पूग्न नसेको स्वीकार्दै क्षेत्र क्षेत्रमा पुगेर घरदैलोमा पुगेको बताए । उनले आफ्‌नो घोषणापत्र सार्वजनिक रुपमा नल्याएपनि मतदाता समक्ष सुनाउने गरेको बताउँछन् । 

    sulav.jpg
    डबलक्याब गाडीमा पछाडी बसेर बालेन स्टाईलमा नै सडकहरुमा डुलिरहने गरेको देख्न सकिन्छ । उनले अहिलेको परिस्थीति अनुसार आफुहरुको माहोल राम्रो रहेको बताउँदै पुराना दलका आवश्वासनमा नबसी युवालाई मतलान गर्न आग्रह गर्ने गरेको सुनाउँछन् । घरदैलोका क्रममा २० वर्ष बढि समयदेखी मत हालिरहेको पार्टिमा अहिले मतदान नगर्ने मतदाताले सुनाएको उनी बताउँछन् । 

    अन्य दलका उम्मेद्वारहरु पनि घरदैलोमा बस्त
    उज्यालो नेपाल पार्टीबाट ई.सुरज पाण्डे घरदैलोमा ब्यस्त रहेका छन् । यहाँका स्थानीय उम्मेद्वार रहेका उनले घरघरमा गएर मत माग्ने गरेका हुन् । उनले आफ्‌नो पार्टिको माहोल राम्रो बनिरहेको बताउँदै पार्टिको केन्द्रीय नीति अनुसार नै मत मागिरहेको बताए । उनले यहाँको विकासको रोलमोडेल सहित आश्वासन बाढ्ने नभई डे वान बाट गर्न सकिने कुराहरु गरिरहेको बताए ।

    नेपाल जनसेवा पार्टिबाट निकोलश भुसालले घरदैलोमा रहेका छन् । उनले मतदाता जाँच्ने कामहरु समेत गर्दै आएका छन् । उनले हिन्दु राज्य बनाउने लगायतका एजेण्डाहरु लिएर मैदानमा गईरहेका छन् । स्वास्थ्य क्षेत्रमा नयाँ कार्यहरु गर्दै यहाँको विकासमा लाग्ने उनको दाबी छ । उनी ०७९ सालको निर्वाचनमा पनि उम्मेद्वार बनेपनि उम्मेद्वारी खारेज भएको थियो । यो पटक चुनाव जित्नेगरि लागेको दाबी गरेका छन् । 

    जनता समाजवादी पार्टी नेपालबाट दीपक गुरुङ पनि घरदैलोमा रहेका छन् । उनले आफ्‌ना पार्टिका कार्यकर्तासहित घरदैलो गरिरहेका छन् । 
    जनमत पार्टीबाट रमेश लोध, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु, राष्ट्रिय जनमोर्चाबाट रुक बहादुर पराजुली र श्रम संस्कृति पार्टीबाट भीमबहादुर गौतम पनि घरदैलोमा ब्यस्त छन् । 

    यी हुन यहाँका उम्मेद्वार 
    नेपाली कांग्रेसबाट चुन्नप्रसाद शर्मा पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट विष्णु प्रसाद पौडेल प्रतिस्पर्धामा छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट शुभाष पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल, जनता समाजवादी पार्टी नेपालबाट दीपक गुरुङ तथा जनमत पार्टीबाट रमेश लोध उम्मेदवार बनेका छन् ।

    नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु, राष्ट्रिय जनमोर्चाबाट रुक बहादुर पराजुली, उज्यालो नेपाल पार्टीबाट सुरज पाण्डे र श्रम संस्कृति पार्टीबाट भीमबहादुर गौतम, नेपाल जनसेवा पार्टिबाट निकोलश भुसाल चुनावी दौडमा छन् । 

    यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल जनता पार्टी, नेपाली जनता दल, मंगोल नेशनल अर्गनाइजेसन र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारहरूले पनि दलको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेका छन्।

    यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य छ। स्वतन्त्रतर्फ उषा भट्टराई, कमला बोहरा, कमला शाह, केशव टण्डन, गोकुल प्रसाद पाण्डे, टिका बहादुर क्षेत्री, दिलीप कुमार सुनार, बेल बहादुर कार्की, बाल कृष्ण ज्ञवाली, भानुभक्त भण्डारी, मधुसुदन पन्थी, राज कुमार भट्टराई, लिला सिंह राना, विष्णु प्रसाद वस्याल, विमला भट्टराई, शुशिला पुलामी, शन्जेश कुमार थापा, सिता कुँवर, सन्दिप पौडेल र सिता शाही उम्मेदवार रहेका छन्। ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिँदा यसपटक रूपन्देही–२ को चुनाव अझ प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । 

    स्वतन्त्र उम्मेद्वारहरु केहीले मात्रै घरदैलो गरेका छन् । केही उम्मेद्वारहरु पार्टिकै तर्फबाट सवारी प्रयोग गर्नेगरी डमी रुपमा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij