२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यस्ता छन् पाल्पा २ मा पाण्डेयका २५ बूँदे प्रतिबद्धता

यस्ता छन् पाल्पा २ मा पाण्डेयका २५ बूँदे प्रतिबद्धता

यस्ता छन् पाल्पा २ मा पाण्डेयका २५ बूँदे प्रतिबद्धता

यस्ता छन् पाल्पा २ मा पाण्डेयका २५ बूँदे प्रतिबद्धता

यस्ता छन् पाल्पा २ मा पाण्डेयका २५ बूँदे प्रतिबद्धता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • पाल्पा 
    नेपाली कम्युनिष्ट पार्टीका पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले आफ्नो ५ वर्षे कार्यकालका लागि २५ बूँदे विशेष प्रतिबद्धता पत्र सार्वजनिक  गरेका छन् ।  तानसेनमा आयोजित एक पत्रकार सम्मेलनमा उम्मेदवार पाण्डेयले पाल्पाको ऐतिहासिक विरासत जोगाउँदै समृद्धिको मार्गचित्र प्रस्तुत गरेका छन् । उम्मेदवार पाण्डेयले तानसेनलाई ऐतिहासिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषिमार्फत् रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य राखेको प्रतिबद्धतापत्रमा जनाएका छ । 
     
    उम्मेदवार पाण्डेयको प्रतिबद्धतामा तानसेनलाई मौलिक शैली तेलिय इट्टाको प्रयोग गरी सुन्दर शहर बनाउने र काठमाडौंपछिको प्रमुख बुद्धमार्गी क्षेत्रका रूपमा विकास गर्ने उल्लेख छ । उम्मेदवार पाण्डेले सिद्धबाबा– तानसेन –भैरवस्थान– रानीमहल– राम्दी जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने योजना अघि सारेका छन् ।  पाल्पाको पहिचानका रूपमा रहेको मगर संस्कृतिलाई विश्वमा चिनाउन ‘मगर सङ्ग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्ने उनको प्रतिबद्धतापत्रमा  संकल्प गरेका छन् । 
     
    उम्मेदवार पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि त्रिभुवन बहुमुखी क्याम्पसलाई शैक्षिक अनुसन्धान केन्द्र बनाउने र तानसेनलाई आवासीय शैक्षिक हबका रूपमा विकास गर्ने उल्लेख गरेका छन् । स्वास्थ्यतर्फ पाल्पा अस्पतालको स्तरोन्नति र युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर बनाउने योजना पाण्डेयले अघि  सारेका छन् । 
     
    यातायात सहज बनाउन सिद्धार्थ राजमार्गको बुटवल– तानसेन– राम्दी खण्डलाई ३ वर्षभित्र स्तरोन्नति गर्ने र हार्थोक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने, तानसेनमा ३५०० सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सभाहल’ निर्माण गरी ‘इभेन्ट टुरिज्म’को प्रवद्र्धन गर्ने प्रतिबद्धतापत्रमा पाण्डेले उल्लेख गरेका छन् । 
     
    बढ्दो बसाइँसराइ रोक्न पाण्डेयले स्थानीय उत्पादनमा वृद्धि गर्न, सुन्तला, कफी, अदुवा, र एभोकाडोका लागि पकेट क्षेत्र घोषणा गर्ने तथा बाँझो जमिन सदुपयोग गरी युवाहरूलाई स्वरोजगार बनाउने प्रतिबद्धतापत्रमा जनाएका छन् ।  साथै, किसानहरूका लागि वन्यजन्तुबाट हुने क्षति रोकथाम गर्न कानुन निर्माण र क्षतिपूर्तिको पहल गर्ने उनले बताएका छन् ।  साथै उम्मेदवार पाण्डेले ःएङ्गलो–नेपाल वार  नेपाल अग्रेज युद्ध पार्क निर्माण देखी नेवारी घर निर्माण देखी  ‘टक्सार टोललाई  लिभिङ म्युजियमको स्थापना गर्ने,  ५ वर्षभित्र  पाल्पामा शिक्षा, स्वास्थ्य र खानेपानीको शतप्रतिशत पहुँच पु¥याउने र सिद्धार्थ राजमार्गको चिडायाखोलादेखि राम्दीसम्मको दुवैतर्फ वृक्षारोपण र फल्चाहरू निर्माण गरी सौन्दर्यकरण गर्ने पत्रकार सम्मेलनमा  पाण्डेले प्रतिबद्धतापत्र सार्वजनिक गरे । आफू पाल्पाली जनताको खुला किताब भएको, सबैको साझा उम्मेदवार दाबी गर्दै  फागुन २१ गते हुने निर्वाचनमा  तारामा मतदान गरी विजय बनाउन पाल्पाली जनतासँग अपिल उनले गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij