२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दाङमा मालेले एमालेलाई समर्थन गर्ने

दाङमा मालेले एमालेलाई समर्थन गर्ने

दाङमा मालेले एमालेलाई समर्थन गर्ने

दाङमा मालेले एमालेलाई समर्थन गर्ने

दाङमा मालेले एमालेलाई समर्थन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • दाङ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माले)ले दाङमा नेकपा (एमाले)लाई समर्थन गर्ने भएको छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष एमालेका उमेदवारलाई मतदान गर्ने सहमति भएको हो ।

    मंगलबार घोराहीमा भएको लिखित सहमतिपत्रमा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य हुकुमबहादुर बस्नेत, एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्रप्रकाश पाण्डेयले हस्ताक्षर गरेका छन् ।

    आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत सहकार्य गर्ने गरी सहमति भएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए ।  

    नेकपा एमालेबाट दाङ–१ मा एमाले केन्द्रीय लेखा आयोगका सदस्य, रेवतीरमण शर्मा, २ मा महासचिव शंकर पोख्रेल र ३ मा केन्द्रीय सदस्य घनश्याम पाण्डेय उमेदवार छन् । नेकपा मालेले भने यसपटक दाङका तीनवटै निर्वाचन क्षेत्रमा उमेदवारी दिएको थिएन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij