२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः आचार्य

अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः आचार्य

अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः आचार्य

अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः आचार्य

अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारीः आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • पाल्पा । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफूले सुरु गरेका विकासका अधुरा आयोजनाहरू पूरा गर्न पुनः जनताको साथ आवश्यक रहेको बताएका छन् ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त रहेका आचार्यले विगतको कार्यकालमा थालनी भएका गौरवका आयोजनाहरूलाई पूर्णता दिन नै आफूले उम्मेदवारी दिएको जनतासँग घरदैलोको क्रममा बताएका हुन् ।  


    विगत ५ वर्षका लागि चुनिए पनि बिचमा विकसित राजनीतिक परिस्थितिका कारण कतिपय बाचा र कार्यक्रमहरू पुरा हुन पाएका छैनन्, आचार्यले मतदातासँगको भेटघाटमा भने ती अधुरा सपना पूरा गर्न र पाल्पाको समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन सूर्यमा मतदान गर्न मतदाता संग अनुरोध गरेका छन् ।

     
    पाल्पाली माटोमै भिजेर राजनीतिमा उदाएका आचार्यसँग  वडाध्यक्षदेखि प्रदेशसभा  सदस्य र प्रतिनिधिसभा सदस्यसम्मको खारिएको अनुभव छ । उनले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी जस्ता आधारभूत क्षेत्रको सुनिश्चितताका लागि भएको दाबी गरे । विशेषगरी महिला र युवा उद्यमशीलताको विकासमा आफूले चालेका कदमहरूलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नो उम्मेदवारी रहेको आचार्यले मतदातासँग बताए । 


    एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा जिल्लाका विभिन्न पालिकामा थालनी गरिएका १५ शैयाका अस्पतालहरूको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको आचार्यले मतदातालाई जानकारी दिए ।  “पूर्वखोलाको वीरकोट, रम्भाको ताहुँ, माथागढीको झडेवा र निस्दीको मित्यालमा  १५ बेडका अस्पतालका भवनहरू सम्पन्न हुने क्रममा  रहेको पूर्वखोला गाउँपालिका पहुँच मार्गअन्तर्गतका सडक कालोपत्रे र शंकर पोखरेल मुख्यमन्त्री हुँदा सुरु भएका १५ वटा पुल तथा कल्भर्ट निर्माणलाई पूर्णता दिनु नै एमालेको तर्फबाट उम्मेदवारी दिएकोले पाल्पा क्षेत्र नं. १ का जनताले सूर्यमा मतदान गरी विजयी बनाउन मतदातासँग उम्मेदवार आचार्यले जोड दिए । 


    २०७२ सालको भूकम्पमा रसुवा पुगेर आवास निर्माणमा श्रमदान गरेका आचार्यले कोरोना महामारीका समयमा पनि प्रत्येक पालिकालाई व्यक्तिगत रूपमा ३० हजार रुपैयाँ सहयोग गरी जनस्तरमा आफ्नो बलियो उपस्थिति देखाएका थिए ।  आफुमा तीन तहको सरकारबिच समन्वय गर्न सक्ने क्षमता रहेको र सोहीअनुसार नै पाल्पा क्षेत्र नंं. १ मा विकास निर्माणका काम गर्दै आएको एमाले उम्मेदवार आचार्यले दाबी गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij