२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १४ २०८२
बिहिवार, फाल्गुण १४ २०८२
  • दाङ । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शंकर पोखरेलले चुनावी तालमेलबारे आफूहरू निष्कर्षमा नपुगेको बताएका छन् ।

    यही फागुन २१ गते हुने निर्वाचनलक्षित आफ्नो संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार (फागुन १४) उनले अरू दलसँग चुनावी तालमेलबारे छलफल भइरहे स्वीकार गरे । तर, निष्कर्षमा नपुगेको उनले स्पष्ट पारे ।

    एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच दाङ–२ सहित देशभर १० सिटमा तालमेल चर्चाका विषयमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “चुनावी तालमेलका विषयमा हतार गरेर बोल्नु हुँदैन । दलहरूबीच छलफल भइरहेको छ, तर हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।”

    उनले दलहरू आफैँले आधिकारिक रूपमा जानकारी नदिएसम्म अनुमानका आधारमा टिप्पणी गर्नु उपयुक्त नहुनेमा जोड दिए । “जबसम्म सम्बन्धित दलहरू आफैँ बोल्दैनन्, तबसम्म हतार गरेर बोल्नु हुँदैन,” उनले भने । महासचिव पोखरेलले झापा–५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी हुने जिकिर गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij