२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

काङ्ग्रेसको सभामा सभापति गगनको देशदौडाहा, बुटवलमा सुकुम्बासी बस्ती धेरै भएको वडामा आमसभा

काङ्ग्रेसको सभामा सभापति गगनको देशदौडाहा, बुटवलमा सुकुम्बासी बस्ती धेरै भएको वडामा आमसभा

काङ्ग्रेसको सभामा सभापति गगनको देशदौडाहा, बुटवलमा सुकुम्बासी बस्ती धेरै भएको वडामा आमसभा

काङ्ग्रेसको सभामा सभापति गगनको देशदौडाहा, बुटवलमा सुकुम्बासी बस्ती धेरै भएको वडामा आमसभा

काङ्ग्रेसको सभामा सभापति गगनको देशदौडाहा, बुटवलमा सुकुम्बासी बस्ती धेरै भएको वडामा आमसभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • बुटवल । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले देशका विभिन्न स्थानमा आमसभा गरिरहेको छ। पार्टी सभापति गगनकुमार थापा देश दौडाहमा छन। यसैबिचमा  बुटवलमा आज वृहत् चुनावी सभा आयोजना गरेकाे छ ।


    रुपन्देही केन्द्रित उक्त सभा बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस बाहिरको खुला चौरमा आयोजना गरिने कार्यक्रम तय गरिएकाे हो । बुटवलमा सबैभन्दा धेरै १८ हजार बढी मतदाता एवं सबैभन्दा धेरै सुकुम्बासी बस्तीका मतदाता रहेको क्षेत्रमा काङ्ग्रेसले आमसभा गर्न लागेको हो।


    सभालाई पार्टीका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
    सभामा उनले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीकाे धारणा राख्ने छन् ।


    नेपाली काँग्रेस रुपन्देही-२ का सभापति प्रजापाल गिरीका अनुसार रुपन्देहीमा काँग्रेसको पक्षमा जनलहर देखिएको छ । उनले सभाले त्यसको स्पष्ट सन्देश दिने बताए । सभामा जिल्लाभरबाट नेता-कार्यकर्ता, शुभेच्छुक तथा मतदाताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

    काँग्रेसले लोकतन्त्रको रक्षा, विकास निर्माणमा तीव्रता, उद्योग–व्यवसाय प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने एजेन्डासहित चुनावी अभियान अगाडि बढाएको र प्रधानमन्त्रीका उम्मेद्वार समेत रहेका पार्टी सभापति सहितका नेताहरुकाे उपस्थितीले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए ।
    ५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीमा नेपाली काँग्रेसबाट क्षेत्र नं. १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पाैडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुताेष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेद्वार छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij