२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सबै दल तथा उम्मेदवारका प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेछु : आचार्य

सबै दल तथा उम्मेदवारका प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेछु : आचार्य

सबै दल तथा उम्मेदवारका प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेछु : आचार्य

सबै दल तथा उम्मेदवारका प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेछु : आचार्य

सबै दल तथा उम्मेदवारका प्रतिबद्धतापत्रलाई कार्यान्वयन गर्नेछु : आचार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • पाल्पा
    नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले अन्य राजनीतिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिबद्धतालाई स्वीकार गरी कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  माथागढीको सराईमा स्थानीय जनताको सहभागितामा  प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उम्मेदवार आचार्यले अन्य राजनीतिक दलले जनतासामु गरेको प्रतिबद्धता पनि जनताको माग र विकास कुराहरु भएकोले  एमालेले  ग्रहण गरेर  कार्यान्वयन गर्ने  प्रतिबद्धता जनाए । आचार्यले अन्य दलका प्रतिबद्धता पत्र पनि एमालेकै प्रतिबद्धतापत्र सरह मान्यता दिएको आचार्यले बताए ।  


    उम्मेदवार आचार्यले  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र   स्थानीय जनताको सहभागितामा माथागढीको सराईमा सार्वजनिक  गरे ।  प्रभावित क्षेत्रका जनताको सहमती र स्वीकृती बेगेर कालीगण्डकी डाइभर्सनको  काम हुन नसक्ने एमाले उम्मेदवार आचार्यले बताए उम्मेदवार नारायणप्रसाद आचार्यले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन पाल्पा क्षेत्र नं. १ को भौतिक र मानवीय विकासका योजनाहरू सार्वजनिक गरेका छन् । 
    कालीगण्डकी करिडोरको बाँकी रहेको  निर्माणलाई द्रुत गतिमा सम्पन्न गर्ने, आर्यभन्ज्याङ–रामपुर सडकको स्तरोन्नति गर्ने र बाँसटारी– झडेवा– दुम्कीवास वैकल्पिक सडक निर्माण गर्ने लक्ष्य राखेको छ ।  साथै, रामपुर निस्दी, पूर्वखोला, रम्भा र माथागढीका वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नतिलाई प्रतिबद्धतापत्रमा प्राथमिकता दिइएको छ । 


    पालिकास्तरमा ‘नमूना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्थाको रूपमा विकास गर्ने र प्राविधिक शिक्षामा जोड दिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।  साथै, मगर मातृभाषामा पठनपाठन सुरु गर्ने र विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, पालिकास्तरमा कम्तिमा एक एक वटा नमूना विद्यालय बनाउने योजना प्रतिबद्धतापत्रमा रहेको छ । 


    रामपुर अस्पताललाई ‘ट्रमा सेन्टर’ सहित विशेषज्ञ सेवामा स्तरोन्नति गर्ने, निस्दी, पूर्वखोला, रम्भा र माथागढीमा १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण सम्पन्न गरी  छिटो सेवा सञ्चालनमा ल्याउने र स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने  एमाले उम्मेदवार आचार्यले प्रतिबद्धतापत्रमा जनाएका छन। 


    ‘व्यवसायमुखी कृषि’ मा जोड दिँदै कालीगण्डकी लिफ्ट सिँचाइ र विभिन्न स्थानमा  ड्याम निर्माण गरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । अदुवा, सुन्तला, अम्रिसो र बेमौसमी तरकारीको बजार व्यवस्थापनका लागि ’हाटबजार र थोक बजार केन्द्र’ निर्माण गरिने उम्मेदवार आचार्यले प्रतिबद्धता पत्रमा जोड दिएका छन् ।  युवाहरूका लागि ‘बिउ पुँजी’ र सहुलियत ऋण उपलब्ध गराई स्वरोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोग गर्ने नीति लिइएको छ । 


    काउलेडाँडा, जल्पा चुलीडाँडा र मदनपोखरा जस्ता क्षेत्रलाई ‘हिल स्टेशन’ का रूपमा विकास गर्ने, होमस्टे प्रवद्र्धन गर्ने र आदिवासी जनजातिको पहिचान झल्किने संग्रहालय निर्माण गर्ने योजना छ । वातावरण संरक्षणका लागि डढेलो नियन्त्रण र अम्रिसो, दालचिनी जस्ता आयमुलक वृक्षारोपणलाई  प्रतिबद्धतापत्रमा आचार्यले जोड दिइएका छन् । 


    सार्वजनिक सेवालाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउने, निर्वाचन क्षेत्रका नागरिकसँग ‘प्रत्यक्ष संवाद’ र ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत् जनगुनासो सम्बोधन गर्ने प्रतिबद्धता उम्मेदवार आचार्यले व्यक्त गरेका छन् । 


    पाल्पा क्षेत्र नं. १ मा एमालेले राम्रो काम गरेकोले  २०५१ सालदेखि निरन्तर विजय हासिल गर्दै आएकोले निर्वाचनको समयमा सबै उम्मेदवारले जनता सामु गरेको प्रतिबद्धतालाई एमालेले अपनत्व लिई आफूले साझा उम्मेदवारको रुपमा काम गर्ने एमाले उम्मेदवार आचार्यले पत्रकार सम्मेलनमा बताए । 


    पाल्पा क्षेत्र नं. १ भुगोल, जनताका समस्या बुझेको, जनताको हरेक दुःखमा सहभागी भएकोले जनताले माया गर्दै आएकोले, यस पटक पनि सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन उम्मेदवार आचार्यले मतदातासँग अनुरोध गरे ।  अघिल्लो निर्वाचनमा नेपाली काँग्रेससहितको गठबन्धन हँुदा समेत ११ हजार मतले निर्वाचन जितेको र यस पटक एकल प्रतिष्पर्धा भएकोले अघिल्लो पटकभन्दा धैरे मतले निर्वाचनमा विजय हासिल गर्ने आचार्यले दाबी गरे । माथाँगढी एमाले गाउँकमिटीका अध्यक्ष मानबहादुर रानाको अध्यक्षतामा भएको प्रतिबद्धतापत्र सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रम सञ्चालन भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij