२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् : गगन थापा

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् : गगन थापा

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् : गगन थापा

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् : गगन थापा

नयाँ बनाउँछौँ भन्नेका भ्रममा नपर्नुस्, ०६४ मा झैँ नपछुताउनुस् : गगन थापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १५ २०८२
शुक्रवार, फाल्गुण १५ २०८२
  • बुटवल । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् । शुक्रबार (फागुन १५) रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभामा उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् ।

    “०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौँ भन्यो । उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामालामा कुरा गर्‍यौँ, उसले हामी नयाँ बनाउँछौँ भन्यो,” थापाले भने, “नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन । अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्‍यो । देशको पाँच वर्ष खेर गयो ।”

    यसपटक पनि चुनावअघिको वातावरण त्यस्तै नाराबाट प्रभावित भएको उनले बताए । “अहिले त्यस्तै भएको छ । पुराना र नयाँको नारा लागेको छ । पुरानाले बिगारे, हामी बनाउँछौँ भनेको छ,” उनले भने, “सडक बनेन, बाँधेर हुन्छ कि ठिगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ ।”

    642737767_953439553931982_5033031363514463911_n-1536x864.jpg

    उनले समस्याको पहिचान नगरी कसैलाई ठिगुरा ठोक्दैमा काम हुन नसक्ने बताए । “भैरहवामा प्लेन झरेन भने कसैलाई ठिगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ,” थापाले भने, “भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने जरुरी छ । कसैले भन्छ– ठेकेदारलाई थुनेर भए पनि समयमा काम गराउँछु । व्यक्तिका कारण काम रोकिएका छैनन् । सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन ।”

    उनले भोलि नपछुताउनका निम्ति कांग्रेसलाई भोट माग्न नेता–कार्यकर्तालाई आग्रह गरे । “आजको दिनमा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण छैन । तपाईंहरू हरेक घरघरमा पुग्नुस् । एउटा उमेदवार मात्र लडेर पुग्दैन । तपाईंहरू हरेक उमेदवार बन्दिनुस्,” उनले भने, “कांग्रेसलाई भोट हालेर पछुताउनु पर्दैन । कसैलाई गाली नगर्नुस्, सामाजिक सञ्जालमा लेख्नुस् । उत्साहका साथ जनताको घरदैलोमा पु्ग्नुहोस् । अब हामीसँग जनतालाई बुझाउन धेरै समय बाँकी छैन ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij