२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान

इजरायलले इरानमा गर्‍यो आक्रमण, खामेनीलाई सारियो सुरक्षित स्थान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण १६ २०८२
शनिवार, फाल्गुण १६ २०८२
  • बुटवल । इजरायलले राजधानी तेहरानसहित इरानका धेरै सहरमा आक्रमण गरेको छ।

    शनिबार बिहान तेहरानसहित धेरै सहरमा विस्फोटका आवाज सुनिएका छन्। 

    इजरायलको रक्षा बलले इरानमा आक्रमणको घोषणा गर्दै यसलाई ‘निवारक आक्रमण’ भनेको छ।

    आक्रमणपछि इरानले सबै उडान ग्राउन्डेड गरेको छ र आफ्नो हवाई क्षेत्र खाली गरेको छ।

    इजरायलमा हवाई आक्रमणको साइरन पनि बजिरहेको छ।

    संवेदनशील क्षेत्रहरू खाली गरिँदै छन् र स्थानीयलाई घरभित्रै बस्न भनिएको छ।

    अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले यो अमेरिका र इजरायलबिचको संयुक्त सैन्य कारबाही भएको उल्लेख गरेको छ।

    आक्रमण इरानी सर्वोच्च नेता खामेनीको कार्यालयनजिकै गरिएको हो। हमलापछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको छ।

    यो आक्रमण इरान र अमेरिकाबिच जारी आणविक वार्ताबिच गरिएको हो।

    यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने धम्की दिएका थिए।

    शुक्रबार अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै इजरायल छाड्न आग्रह गरेको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij