२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही २ मा कांग्रेसलाई समर्थन गर्ने विषयमा राप्रपामा विवाद, क्षेत्रको विज्ञप्तिप्रति जिल्ला अध्यक्षको आपत्ति

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा समर्थन गर्ने विषयमा राप्रपाभित्रको विवाद बाहिर आएको छ ।

    आफ्नो उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको क्षेत्रीय समितिले रुपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेलगत्तै जिल्ला अध्यक्ष सागरप्रताप राणाले आपत्ति जनाएका छन् ।

    राप्रपा रुपन्देही-२ ले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले मतदान गर्ने निर्णय भएको अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति नै सार्वजनिक गरेका छन् तर जिल्ला अध्यक्षले भैरहवामा पत्रकारहरूसँग कुनै व्यक्ति विशेषले गरेको निर्णय पार्टीको आधिकारिक नहुने प्रष्ट पारेका छन् ।

    रुपन्देही २ मा राप्रपाबाट कार्भिका थापाले उम्मेदवारी दर्ता गरे पनि अन्तिम समयमा उनले अमेरिकाको पीआर त्यागेको तीन महिना नपुगेकाले उम्मेदवारी कायम नहुने भएपछि आफै फिर्ता लिएकी थिइन् । राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले सार्वजनिक विज्ञप्ति कुनै आधिकारिक नभएको जनाएका छन् ।

    ‘कुनै व्यक्तिले केही निर्णय गर्ने विषय पार्टीको निर्णय होइन, आफूहरूलाई क्षेत्रीय अध्यक्षको नामबाट जारी भएको विज्ञप्ति मान्य छैन’ उनले भने ।

    राप्रपाका नगर तथा अन्य कमिटीमा रहेका नेताहरूले यसअघि विवेकपूर्ण तरिकाले मत दिने र कुनै औपचारिक निर्णय नगर्ने बताएका थिए । राप्रपाको एक समूह एमालेका उम्मेदवार विष्णु पौडेललाई मत दिने तर भेटेर कुनै बार्गेनिङ नगर्ने बताएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij