२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देही–२ मा क्षेत्रीय सभापतिले बिभिन्न प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको क्षेत्रीय काेषाध्यक्षको आरोप

रूपन्देही–२ मा क्षेत्रीय सभापतिले बिभिन्न प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको क्षेत्रीय काेषाध्यक्षको आरोप

रूपन्देही–२ मा क्षेत्रीय सभापतिले बिभिन्न प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको क्षेत्रीय काेषाध्यक्षको आरोप

रूपन्देही–२ मा क्षेत्रीय सभापतिले बिभिन्न प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको क्षेत्रीय काेषाध्यक्षको आरोप

रूपन्देही–२ मा क्षेत्रीय सभापतिले बिभिन्न प्रलोभनमा परेर कांग्रेसलाई समर्थन गरेको क्षेत्रीय काेषाध्यक्षको आरोप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देही जिल्ला कार्यसमितिले क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा पार्टीको आधिकारिक समर्थन कसैलाई पनि नरहेको स्पष्ट पारेको छ ।

    यता क्षेत्रीय काेषाध्यक्ष भगवती पाण्डेले पनि बिज्ञप्ती जारी गर्दै  क्षेत्रीय तहबाट गरिएको समर्थनको निर्णय पार्टीको संगठनात्मक नीति विपरीत भएको जनाइएको छ ।

    फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र भइरहेका बेला राप्रपाको तर्फबाट नेपाली कांग्रेस, रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवारलाई समर्थन गरिएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिअनुसार राप्रपाको तर्फबाट उक्त उम्मेदवारलाई समर्थन गरिएको भन्ने विषयमा जिल्ला कार्यसमितिलाई कुनै औपचारिक जानकारी गराइएको थिएन । पार्टीका अनुसार क्षेत्रीय सभापतिले जिल्ला कार्यसमिति र पार्टीका अन्य जिम्मेवार निकायलाई जानकारी नदिई एकल निर्णयका आधारमा हस्ताक्षर गरी समर्थन जनाएको विषय सार्वजनिक भएको हो ।

    जिल्ला कार्यसमितिले यस्तो निर्णय पार्टीको संगठनात्मक संरचना, नीति तथा अनुशासन विपरीत रहेको ठहर गर्दै त्यसलाई अस्वीकार गरेको जनाएको छ । “पार्टीले अहिलेसम्म आधिकारिक रूपमा कसैलाई पनि समर्थन नगरेको अवस्थामा क्षेत्रीय तहबाट गरिएको समर्थन पार्टीको आधिकारिक धारणा हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपा रूपन्देहीले निर्वाचनजस्तो संवेदनशील समयमा मतदातालाई प्रभावित पार्ने गरी गरिएका एकल निर्णयप्रति खेद प्रकट गरेको छ । पार्टीले मतदातालाई भ्रममा नपर्न र आधिकारिक निर्णय नआएसम्म सार्वजनिक भएका प्रचार–प्रसारका सामग्रीप्रति सचेत रहन आग्रह गरेको छ ।

    जिल्ला कार्यसमितिका अध्यक्ष राणाले हस्ताक्षर गरेको विज्ञप्तिमा संगठनभित्रको आन्तरिक समन्वय र निर्णय प्रक्रियालाई बेवास्ता गरी गरिएको कुनै पनि कदम पार्टीको नीतिअनुसार मान्य नहुने स्पष्ट पारिएको छ । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक आन्तरिक समीक्षा र छलफल गरिने संकेत पनि गरिएको छ ।

    रूपन्देही–२ मा विभिन्न दल र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा राप्रपाभित्र देखिएको यो असन्तोषले स्थानीय राजनीतिक समीकरणमा नयाँ बहस जन्माएको छ । जिल्ला कार्यसमितिको स्पष्टिकरणपछि अब क्षेत्रीय तहले गरेको भनिएको समर्थनबारे थप स्पष्टीकरण आउने अपेक्षा गरिएको छ ।

    निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच गठबन्धन, समर्थन र सहकार्यका विषयले प्राथमिकता पाइरहेका बेला राप्रपाको यो विज्ञप्तिले पार्टीभित्रको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । जिल्ला कार्यसमितिले भने पार्टीको आधिकारिक धारणा स्पष्ट भइसकेकाले कार्यकर्ता तथा समर्थकलाई संगठनको निर्देशनअनुसार अघि बढ्न आग्रह गरेको छ ।

    644511735_122227592948108036_4282560358064014252_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij