२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसले आइतबार काठमाडौँको ५ र ६ गरेको संयुक्त चुनावी सभामा कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।  

    कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच पार्टी एकताका लागि सहमतीका आधार तय गरेका थिए । त्यही आधारमा समाहित भएको हो । 

    चुनावी सभामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले  कांग्रेस (बीपी) र कांग्रेसबीच एक हुने सहमति भएको जानकारी दिए । 
    एकताका लागि छलफल गरिरहेका नेता मल्लले केही समय अगाडि रातोपाटीसँग एकताको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए । 


    कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारण पार्टी परित्याग गरेकाहरूलाई घर फर्किन आह्वान गरेको थियो । त्यही आह्वानपछि कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले कांग्रेसमा समाहित हुन चाहेको प्रस्ताव गत पुस १४ गते नै तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु देउवा निवास महाराजगन्ज पुगेर राखेको थियो । 

    कांग्रेसभित्रको विवादका कारण रोकिएको एकता प्रक्रिया आज सम्पन्न भएको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij