२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रास्वपा छाडेका  दुई स्वतन्त्र उम्मेदवारका कारण बासुदेव घिमिरेको पक्षमा बलियो  माहोल

रास्वपा छाडेका  दुई स्वतन्त्र उम्मेदवारका कारण बासुदेव घिमिरेको पक्षमा बलियो  माहोल

रास्वपा छाडेका  दुई स्वतन्त्र उम्मेदवारका कारण बासुदेव घिमिरेको पक्षमा बलियो  माहोल

रास्वपा छाडेका  दुई स्वतन्त्र उम्मेदवारका कारण बासुदेव घिमिरेको पक्षमा बलियो  माहोल

रास्वपा छाडेका  दुई स्वतन्त्र उम्मेदवारका कारण बासुदेव घिमिरेको पक्षमा बलियो  माहोल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • भैरहवा । रुपन्देही क्षेत्र नं ३ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । यहां नेकपा एमालेका बासुदेव घिमिरे, नेपाली कांग्रेसका शुशिल गुरुङ, राप्रपाका गौरव बोहरा, रास्वपाका डा. लेखजंग थापा, नेकपाका फैज अहमद खान, महेन्द्र यादव, जितबहादुर गुप्ता लगायतले प्रतिस्पर्धा गरेका छन् । 
    खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर जितबहादुर गुप्ता जेबी र महेन्द्र यादवको उम्मेदवारीले एमालेका बासुदेव घिमिरे बलियो बनेका छन् भने रास्वपा उम्मेदवार लेखजंग थापा कमजोर बनेको दावी गरिएको छ । रास्वपा छाडेका दुई उम्मेदवारले डा. लेखजंगको पक्षमा जाने मत काट्ने देखिएको छ । 
    जेबी गुप्ता २०७९ को चुनावमा रास्वपाका उम्मेदवार थिए । उनले ५८ सय मत पाएर तेस्रो भएका थिए । तर पार्टीको भनाई र गराईमा आकाश जमिनको फरक भएको भन्दै पार्टी छाडेर बसेका उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । 
    महेन्द्र यादव मधेश आन्दोलनबाट उदाएका भैरहवाका चर्चित नेता हुन् । उनी केही समय अघि मात्रै जसपा नेपाल छाडेर रास्वपामा गएका थिए । उनलाई रास्वपाले रुपन्देही ४ मा उम्मेदवारका लागि एकल सिफारिश समेत गरेको थियो । 
    तर अन्तिममा आर्थिक चलखेलका कारण कन्हैया बानियालाई टिकट बेचेर पार्टी प्रवेश गराएको भन्दै यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पुराना दल भन्दा राम्रो होला भन्ने विश्वास गरेर रास्वपा प्रवेश गरेपनि व्यवहार पुरानाको भन्दा झन् खराब देखिएकाले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको यादवले बताए । 
    रुपन्देहीमा रास्वपा स्थापना गर्ने मध्येका एक जेबी गुप्ता पनि पार्टीको भनाई र गराईमा आकाश जमिनको फरक भएको पाएपछि पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बन्दा उनले पनि रास्वपाकै मत काट्ने देखिन्छ । 
      
    उता  तिलोत्तमा नगरपालिकाको सफल मेयरको रुपमा चर्चित र रुपन्देही ५ मा संघीय सांसदको चुनाव भारी मतान्तरले जितेका बासुदेव घिमिरे रुपन्देही ३ मा बलियो उम्मेदवारका रुपमा देखिएका छन् । 
     विगतमा राम्रो काम गरेका र  निजी क्षेत्र तथा युवा पुस्ताको मुद्दा उठाइरहने घिमिरे मजबुद पार्टी संगठनका कारण उनको पक्षमा राम्रो माहोल देखिएको हो । 
    घिमिरे विगतमा आफूले जिम्मेवारी पाउँदा त्यसलाई कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मतदाताको माझमा पुगेका छन् ।

    तिलोत्तमाको नगर प्रमुख हुँदा उत्कृष्ट कार्य सम्पादन गरेको, संघीय सांसद रहँदा संसद्मा जनताका आवाजलाई बुलन्द पारेकाले अब अवसर पाउँदा थप राम्रो काम गर्न सक्ने उनको भनाइ छ ।
    रास्वपाका उम्मेदवार डा. थापालाई आफ्नो पेशामा अब्बल हुंदाहुंदै पनि राजनीतिक महत्वाकांक्षा राख्ने पात्रका रुपमा मतदाताले हेर्ने गरेका छन् । 
     दल बदल्दै राजनीतिक अवसर लिन खप्पीस व्यक्तिका रुपमा उनलाई हेरिएको छ । 
    उनी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभामा समानुपातिक उम्मेदवार थिए । उनले आफ्नी एक श्रीमतीलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्ति समेत दिलाएका थिए । 
    रुपन्देही ३ को उपनिर्वाचनका बेला रास्वपा प्रवेश गरेर टिकट पाएपछि उनी विवादमा तानिए । दुई श्रीमतीको लफडा, आफ्नो क्षेत्रमा खटेर पार्टीमा कामै नगरेको अवस्थामा पनि प्राइमरी इलेक्सनमा सबैभन्दा बढी मत पाएको भन्दै टिकट दिएपछि अन्य आकांक्षीले चर्को असन्तुष्टी जनाएका थिए । उक्त प्राइमरी इलेक्सनको नतिजामाथि अनेक प्रश्न उठेका थिए । 
    एकथरिले डा. लेखजंगले आर्थिक चलखेल गरेर टिकट हात पारेको आरोप लगाउने गरेका छन् । 
    यसरी विभिन्न विवाद र पार्टीका पुर्व दुई नेता नै उम्मेदवार भएकाले लेखजंगको महोल विस्तारै खस्किंदै गएको अन्य दलका उम्मेदवारहरुको भनाई छ । पछिल्लो समय देशका विभिन्न भागबाट रास्वपा स्थापनाकालका नेताहरु पार्टीभित्र आर्थिक बेथिति, अपारदर्शिता र बिसंगती हावी भएको भन्दै धमाधम पार्टी छाड्ने क्रमले पनि त्यसको मनोवैज्ञानिक प्रभाव सबै क्षेत्रमा पर्दा रास्वपाको महोल घट्दै गएको जेवी गुप्ता बताउंछन् ।  
    तर लेखजंग भने आफ्नो पक्षमा माहोल राम्रो भएको दावी गर्छन् । 
    कांग्रेस आन्तरिक गुटबन्दीका कारण पूर्ण रूपमा एकजुट हुन् नसकेको टिप्पणी छ । यस्तो, अवस्थामा एमालेको परम्परागत मत, घिमिरेको व्यक्तिगत प्रभाव र घिमिरेलाई समर्थन गरेका अन्य दल तथा उम्मेवादरको प्रभावका कारण उनी अग्रस्थानमा रहने आँकलन गरिएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij