२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निकोलस भुसालले रास्वपालाई समर्थन गरेपछि सबैजसो समर्थक उभिए विपक्षमा

निकोलस भुसालले रास्वपालाई समर्थन गरेपछि सबैजसो समर्थक उभिए विपक्षमा

जेन जी रुपन्देहीले निकोलसले रास्वपालाई सघाउन भनी गरेको प्रचारप्रति असहमति जनाउंदै आफूहरुले रास्वपालाई मत नदिने बरु चुनाव वहिस्कार गर्ने  जेन जी रुपन्देहीका सचिव सुरज पोख्रेलले स्पष्ट पारेका छन् ।

निकोलस भुसालले रास्वपालाई समर्थन गरेपछि सबैजसो समर्थक उभिए विपक्षमा

निकोलस भुसालले रास्वपालाई समर्थन गरेपछि सबैजसो समर्थक उभिए विपक्षमा

जेन जी रुपन्देहीले निकोलसले रास्वपालाई सघाउन भनी गरेको प्रचारप्रति असहमति जनाउंदै आफूहरुले रास्वपालाई मत नदिने बरु चुनाव वहिस्कार गर्ने  जेन जी रुपन्देहीका सचिव सुरज पोख्रेलले स्पष्ट पारेका छन् ।

निकोलस भुसालले रास्वपालाई समर्थन गरेपछि सबैजसो समर्थक उभिए विपक्षमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • बुटवल । रुपन्देही क्षेत्र नम्बर २ हट सिटको रुपमा चर्चित छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका व्यवसायी चुन्न प्रसाद पौडेल तथा रास्वपाका सुलभ खरेबिच प्रतिष्प्रर्धा भईरहेको छ ।

    यहाँ नेकपाका विश्वदिप पाण्डे तथा स्वतन्त्र रुपमा निकोलस भुसाल प्रतिष्प्रर्धामा रहेका छन् । ०७९ सालको निर्वाचनमा उम्मेद्वारी रद्द भएका भुसाल यो पटक पनि उम्मेद्वार बने । 

    २५ दिनभन्दा बढि निर्वाचनको तयारी एवं घरदैलो गरेका उनै निकोलसले रास्वपाको चुनावी र्‍यालीमा सहभागि भएका छन् ।

    टिकटकर भट्टराई कृष्णले आफ्‌नो फेसबुकमा राखेको भिडियोमा रास्वपाका उम्मेद्वार खरेल सहित भुसाल, तथा रास्वपाका अगुवा नेता र समानुपातिक सांसदहरु रहेका छन् । 

    उनले रास्वपालाई समर्थन गर्ने भएसंगै उनलाई सहयोग गर्नेहरुले नै हात झिक्न थालेका छन् ।

    निकोलससँग लामो समयदेखि सहकार्य गर्दै आएका मुख स्वास्थ्य अभियन्ता अमृत भुसाल पीयूषले स्वतन्त्र व्यक्तिको रुपमा गरिएको सहयोग आफुहरुको समुहले फिर्ता लिएको जनाएका छन् ।

    उनले निकोलसले “मसँग कुनै स्वार्थ छैन, मात्र देश बनाउने हुटुटी छ” भनेपछि आफहरुको टिमले निस्वार्थ सहयोग गर्दै आएको भएपनि अब कुनैपनि समर्थन नहुने जनाए । 

    उनले भने, ‘व्यक्तिगत रूपमा कसैले समर्थन गर्न पाउनु स्वाभाविक हो, तर मेरो अन्तरात्माले यस्तो कुरा स्वीकार गर्दैन ।’ चुनावी माहोलमा विभिन्न किसिमका ‘स्वार्थका झुण्ड’, ‘बार्गेनिङ’ र प्रचारमुखी गतिविधि देखिनु सामान्य भएको उल्लेख गर्दै उनले आफू र आफू निकट बौद्धिक वर्ग, पत्रकार, साहित्यकार तथा स्वास्थ्य अभियन्ताहरूलाई विचलित नहुन आग्रह गरे।

    “निकोलस उता गयो भन्दैमा हामी सबै सति जान सकिँदैन, सति प्रथा पहिल्यै अन्त भइसकेको हो,” उनले प्रतीकात्मक टिप्पणी गर्दै भने, “हामी बौद्धिक क्षेत्रका व्यक्तिहरू आफ्नो विचारमा अडिग हुनुपर्छ।”

    उनले मुख स्वास्थ्य अभियानसंग जोडिएका सबै टोलविकास संस्थाका स्वास्थ्य क्षेत्रका अगुवाहरु २५ सय बढिले अब निकोलसलाई समर्थन नगर्ने घोषणा गरेका छन् । 

    यसैबीच जेन जी रुपन्देहीले हाम्रो जनसेवा पार्टीका उम्मेदवार डा. निकोलस भुसालले रुपन्देही २ मा रास्वपालाई सघाउन भनी गरेको प्रचारप्रति असहमति जनाउंदै त्यो भुसालको व्यक्तिगत निर्णय मात्र भएको प्रष्ट पारेको छ ।

    भुसाललाई साथ दिएका जेन जी युवाहरु उनको निर्णयको विपक्षमा रहेका  जेन जी रुपन्देहीका सचिव सुरज पोख्रेलले स्पष्ट पारेका छन् ।

    निकोलसलाई साथ दिएका सुरज पोख्रेल,योगराज क्षेत्री,चिरन्जीवी भण्डारी, विवेक पाण्डे,मोहम्मद अस्लम खान,निश्चल थापा लगायतका जेन जी युवाहरु कोही पनि रास्वपालाई मत नदिने र  फागुन २१ को चुनावमा मतदान नगर्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

    जेन जीले उठाएका माग पूरा नगरी हुन लागेको चुनावले कुनै निकास नदिने जेन जी रुपन्देहीको भनाई छ । 

    Screenshot 2026-03-03 083753.png
    undefined


    यता रुद्रगणका एक पदाधिकारीले नाम नबताउने सर्तमा पनि आफुहरुको समर्थन फिर्ता लिएको बताए । एमआरआर बुटवल भजनको नाम रास्वपाले घोषणापत्रमा राखेर दुरुपयोग गरिरहेको अवस्थामा उनी उता जाँदैमा माहोल नफेरिने उनी बताउँछन् । उनले उनलाई समर्थन गर्नेहरु कोहीपनि उनीसंग नरहेको दाबी गरे । 

    यता फेसबुक ग्रुप मेन्स रुम लिलोडेड एमआरआर बुटवलको नामको दुरुपयोग भएको भन्दै त्यस्ता उम्मेदवारलाई कुनैपनी समर्थन नरहेको जनाएको छ।

    राप्रपाको उम्मेद्वार नभएको अवस्थामा हिन्दु राज्यको मुद्दा उठाईरहेका निकोलसलाई राम्रो मत ल्याउने आँकलन गरिएको थियो ।  जेनजी आन्दोलन तथा हिन्दु राज्यको क्षेत्रमा बोल्दै आएका उनका समर्थकहरु युवाहरु तथा बृद्धहरु समेत रहेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij