२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा झडप

बुटवलमा रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा झडप

बुटवलमा रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा झडप

बुटवलमा रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा झडप

बुटवलमा रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा झडप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • बुटवल ।  रास्वपाले  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा विवाद हुंदा बुटवलमा झडप भएको छ । बुटवलको इट्टाभट्टीस्थित नमोबद्ध होटलमा राष्ट्रिय स्वतन्त्र पार्टीले मौन अवधि र निर्वाचन आचार संहिता विपरित दर्जनौं गाडी र रास्वपा नेता कार्यकर्ता जम्मा गरेको देखेपछि एमालेका युवा कार्यकर्ताहरुले होेटल भित्र जांदा झडप भएको प्रहरीले जनाएको छ । 
    एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले मौन अवधि लागू भएको अवस्थामा निर्वाचन आचार संहिता विपरितका गतिविधि देखेपछि पार्टीका युवाहरुले निगरानी गर्ने क्रममा विवाद भएर सामान्य झडप भएको बताए ।  झडपमा एमाले छाडेर केही समय अघि रास्वपा प्रवेश गरेका सैनामैनाका पुर्व मेयर चित्रबहादुर कार्की, रास्वपा बुटवल ११ का सभापति सुनिल शाही  लगायतका व्यक्ति सामान्य घाइते भएका छन् । यस्तै समानुपातिक उम्मेदवार निर्माण व्यवसायी संघ रुपन्देही अध्यक्ष मन्जु भुसालका पति निर्माण व्यवसायी नारायण भुसालको गाडीमा पनि क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता कृष्ण कुमार चन्दले रास्वपा र एमालेका कार्यकताबीच केही बरे झगडा भएको बताए । ‘सरसर्ती हेर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिन्छ त्यही विषयमा दुई पक्षबीच झगडा भएको हो, अहिले अवस्था सामान्य भएको छ’–डिएसपी चन्दले भने–‘प्रहरी घटनास्थल पुगेर बुझिरहेको छ, अनुसन्धानपछि थप कुरा  आउला ।’ 

    युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण कुमालले भने रास्वा नेताहरुले सुकुम्बासी वस्तीमा पुगेर पैसा बांड्ने सूचना पाएर पिछा गर्दा रास्वपा नेताहरु होेटल भित्र गएका र आफूहरु पनि के रहेछ भनेर बुझ्न जांदा आचारसंहिता विपरित शंकास्पद गतिविधि देखेपछि प्रतिवाद गरेको बताए । 
    रास्वपा उम्मेदवार खरेलले सहानुभूति बटुल्न आफूमाथि आक्रमण प्रयास भएको झुठो प्रचार गरेको कुमालले बताए । रास्वपा नेता चित्र कार्कीले आफूलाई एमालेमा फर्काउने प्रयास सफल नभएपछि प्रतिशोध सांधेर आफूमाथि हातपात भएको बताए । रुपन्देही २ मा नेकपा एमालेका पार्टी उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेलबीच मुख्य प्रतिस्पर्धा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij