२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले बिजयी

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले बिजयी

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले बिजयी

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले बिजयी

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल फराकिलो मतान्तरले बिजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  •  

    बुटवल ।  रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।
    २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार६८९ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन। सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५० मत ल्याए ।

    शनिबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए ।


    निकटतम मानिएका पौडेलले जमानत जाेगाए पनि निकै कम मत ल्याएका हुन् ।

    नेपाली काँग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

    यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात् ६४.०७ प्रतिशत मत खसेको छ । त्यसमध्ये ८४ हजार १३ मत सदर भएको छ भने २ हजार २९० मत बदर भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij