२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासीमा रास्वपाकाे दुवै क्षेत्र बिजयी नवलपरासी १ बिक्रम खनाल र नवलपरासी २ मा नरेन्द्र कुमार गुप्ता बिजयी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण २४ २०८२
आइतवार, फाल्गुण २४ २०८२
  • परासी - पश्चिम नवलपरासीमा  दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवारहरु विजयी भएका छन् ।नवलपरासी क्षेत्र  १ र २ दुवै जनाले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले विजयी भएका हुन् ।  

    नवलपरासी क्षेत्र नम्बर २ मा नरेन्द्रकुमार गुप्ता विजयी भएका छन  । गुप्ताले प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर थापालाई २८ हजार १९३ मतको मतान्तरले पछि पार्दै विजयी भएका हुन  । कुल ८८ हजार ९१५ मतमा गुप्ताले ४४ हजार १३८ मत पाउँदा थापाले १५ हजार ९४५ मत पाए

    तेस्रोमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का देवेन्द्र यादवको ७ हजार २१२ मत रहेको छ । राप्रपाका ध्रुवबहादुर प्रधानको ४ हजार ६९१ र एमालेका लेखनाथ खरेलले ४ हजार ३११ मत पाउनु भएको छ । राष्ट्रिय मुक्ति पार्टीका गोबिन्द चौधरीले २ हजार २९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र पौडेल १ हजार ८३८ मा सीमित भए ।

    नवलपरासी क्षेत्र नम्बर १ मा विक्रम खनालले बिजयी भएका छन ।प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन । कुल ८२ हजार १०७ मतमा खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत पाउनु भएको छ । तेस्रोमा एमालेका रामप्रसाद पाण्डेले ७ हजार ९५६ पाएका छन।

    जनता समाजवादी पार्टी नेपाल(जसपा)का हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत पाएका छन । राप्रपाका नवनित कुमार मिश्रले १ हजार ५९३ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) की सिन्धु जलेसा बुढाथोकी १ हजार ५६ मा सीमित हुनुभयो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij