२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल

एमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २८ २०८२
बिहिवार, फाल्गुण २८ २०८२
  • बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बा युवा नेता विश्वदीप पाण्डेले भेटवार्ता गरेका छन् । दुवै नेताबिच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको छ ।

    दुवै जना रुपन्देही-२ बाट उम्मेदवार रहे पनि पराजित भएका थिए । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल फराकिलो मतान्तरसहित विजयी भएका थिए ।

    भेटवार्तामा दुवै नेताबिच चुनावको नतिजा र कम्युनिस्ट पार्टीहरूको वृहत् ध्रुवीकरणको आवश्यकताबारे छलफल भएको छ । भेटका क्रममा कम्युनिस्ट, वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरूका बिचमा सहकार्य र ध्रुवीकरण गरेर जाने विषयमा गम्भीर छलफल भएको नेकपा नेता पाण्डेले बताए ।

    पाण्डे नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र पनि मानिन्छन् । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले देशैभर करिब दुई तिहाइ मत ल्याएपछि पुराना राजनीतिक दलहरू आन्तरिक समीक्षा गरिरहेका छन् । यही बेला एमाले उपाध्यक्ष पौडेल र प्रचण्डका विश्वासपात्र पाण्डेबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा लिन सकिने टिप्पणी भइरहेको छ ।

    ‘पछिल्लो घटनाक्रमले देशभक्त वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता देखिएको छ,’ भेटवार्तापछि पाण्डेले भने, ‘सबै कम्युनिस्ट पार्टीका पाका शीर्ष नेताहरूलाई सम्मानजनक बिदाइ गरेर संरक्षक वा सल्लाहकारको भूमिकामा राखेर जान सकिने विकल्पमा पनि कुराकानी भएको छ ।’

    शीर्ष नेतालाई संरक्षकमा राखेर पार्टीमा नयाँ नेतृत्व ल्याउँदै सबै कमिटीमा युवा तथा महिलाको सशक्त प्रतिनिधित्व गराउने, पार्टी सरकारमा जाँदा प्राप्त अवसर योग्यता, क्षमताको आधारमा न्यायोचित वितरणको ग्यारेन्टीसहित विधानमै व्यवस्था गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको उनले बताए ।

    सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपसभामुख बन्दा कति पटकसम्म बन्न पाउने भन्ने कुरा पनि पार्टी विधानमै स्पष्ट व्यवस्था गर्ने विषयमा पनि विचार विमर्श भएको पाण्डेले बताए । पार्टीको नाम पनि समाजवादी राखेर जाँदा २०७४ को जस्तै पहिलो राजनीतिक शक्ति बन्ने सम्भावना हुनसक्ने कुरा आफूले एमाले उपाध्यक्ष पौडेललाई सुझाएको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij