२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मेकअप किटमै घोषणापत्र र संविधान राख्न निमा गिरिको सुझाव, प्युठानका ६४ वडाका महिला प्रतिनिधिसँग चुनावी समीक्षा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • प्युठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमामन्त्री निमा गिरीले महिलाहरूलाई राजनीतिक रूपमा सचेत र जानकारीयुक्त बन्न आह्वान गर्दै सन्देशपूर्ण सुझाव दिएकी छन्। उनले महिलाहरूलाई आफ्नो मेकअप किटसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस का चुनावी घोषणापत्र तथा नेपालको संविधान पनि साथमा राख्न आग्रह गरेकी हुन्।

    प्युठान जिल्लाका ६४ वटै वडाबाट आएका महिला प्रतिनिधिहरूसँग भएको भेटघाट कार्यक्रममा उनले यस्तो आग्रह गरेकी हुन्। गौमुखी गाउँपालिका–रजवारा रानितालमा आयोजित कार्यक्रममा जिल्लाभरका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी महिलाबीच पछिल्लो निर्वाचनको समीक्षा गर्दै अबको राजनीतिक बाटो, महिलाको भूमिका र नेतृत्वबारे व्यापक छलफल गरिएको थियो। विभिन्न वडाबाट आएका महिलाहरूले आफ्ना अनुभव, चुनौती र सुझावहरू समेत खुलेर राखेका थिए।

    कार्यक्रम निमा गिरी को पहलमा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई राजनीति र राज्य व्यवस्थाबारे जानकारी राख्न आवश्यक रहेको बताइन्। “जसरी महिलाहरू आफ्नो मेकअप किट सधैँ साथमा राख्छन्, त्यसरी नै घोषणापत्र र संविधान पनि साथमा राखेर पढ्ने बानी बसाल्नुपर्छ,” उनले भनिन्।

    महिला सशक्तीकरण र सामाजिक जागरणका विषयमा सक्रिय रहँदै आएकी सांसद गिरिले जिल्लामा पठन संस्कृतिको विकास, सामाजिक नेतृत्व प्रवर्द्धन, मानसिक स्वास्थ्य सचेतना, डिजिटल साक्षरता तथा दिगो विकासका विषयमा निरन्तर पहल गर्दै आएकी छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij