२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देहीबाट प्रतिनिधिसभामा १२ सांसद : को कसरी पुगे ?

रूपन्देहीबाट प्रतिनिधिसभामा १२ सांसद : को कसरी पुगे ?

प्रत्यक्षमा पाँचजटै क्षेत्र जितेको रास्वपाबाट मात्रै ११ सांसद छानिएका छन् भने राप्रपाबाट एक जना छन् । जसमध्ये महिला ५ जना र पुरुष ७ जना छन्

रूपन्देहीबाट प्रतिनिधिसभामा १२ सांसद : को कसरी पुगे ?

रूपन्देहीबाट प्रतिनिधिसभामा १२ सांसद : को कसरी पुगे ?

प्रत्यक्षमा पाँचजटै क्षेत्र जितेको रास्वपाबाट मात्रै ११ सांसद छानिएका छन् भने राप्रपाबाट एक जना छन् । जसमध्ये महिला ५ जना र पुरुष ७ जना छन्

रूपन्देहीबाट प्रतिनिधिसभामा १२ सांसद : को कसरी पुगे ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
मंगलवार, चैत्र ३ २०८२
मंगलवार, चैत्र ३ २०८२
  • बुटवल
    केन्द्रीय राजनीतिमा बलियो प्रभाव पार्ने एमाले, कांग्रेस, राप्रपाका नेताहरुको गृह जिल्ला अहिलेको परिस्थितिमा पनि बलियो राजनीतिक केन्द्र बन्ने निश्चित भएको छ । किनकी यहाँबाट संघीय संसदमा १२ जना सांसदहरु पुग्दैछन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अन्य ७ जना समानुपातिकबाट पर्दा रुपन्देहीमा १२ सांसद पुग्न सफल भएका हुन् । 


    समानुपातिकको अन्तिम मतगणनाअनुसार ६ वटा दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ‘थ्रेसहोल्ड’ कटाएका छन्‌ ।  यी पार्टीले आफ्ना समानुपातिक उम्मेदवार टुंगो लगाएपछि  रुपन्देहीमा १२ सांसद छिर्ने पक्का भएका हुन् । सबै क्लस्टर मिलउँदै जाँदा रास्वपाले समानुपातिकबाट पनि रुपन्देहीबाट ५ जना सांसद पाएको छ भने राप्रपाले १ सांसद पाएको छ । राप्रपाबाट ताहिर अलि छानिएका छन् । 


    प्रत्यक्षबाट को–को ?
    रुपन्देहीका सबै पाँच निर्वाचन क्षेत्रबाट “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)” का उम्मेदवार विजयी भएका छन् । रूपन्देही–१ मा सुनिल लम्साल ले ५४ हजार ८४५ भोट लिएर निकटतम प्रतिद्धन्ध्वी नेपाली कांग्रेसका हिराबहादुर खत्रीलाई झण्डै ४२ हजार  ८६३ मतले पराजित गर्दै जित हासिल गरे । 


    रूपन्देही–२ मा सुलभ खरेल ले ५६ हजार ५५० भोट प्राप्त गरे र एमालेका विष्णुप्रसाद पौडेललाई अत्यधिक मत अन्तर (लगभग ४३हजार ६८९) ले हराए । रूपन्देही–३ मा डा. लेखजंग थापा ले ५८ हजार ८१४ भोट लिए, उनका सबै प्रतिस्पर्धीले १० प्रतिशत मत पनि नपाउँदा निकटतम प्रतिद्वन्द्वी सुशील गुरुङलाई करिब ५०हजार ३७९ मतले पराजित गरे । 


    रूपन्देही–४ मा कन्हैया बनियाँ ले २८हजार ०६६ भोट लिएर नेकपा एमालेका प्रमोदकुमार यादवलाई करिब ७ हजार ८०४ मतले पराजित गरे । रूपन्देही–५ मा तौफिक अहमद खान ले ३८ हजार  ८०६ भोट प्राप्त गर्दै एमालेका खिमलाल भट्टराईलाई करिब २५ हजार  ७०६ मतले पराजित गर्दै जित् हात पारे । यी सबैजना पहिलोपटक संसद छिर्दैछन् । 


    रास्वपाबाट यी अनुहार छिर्दैछन् सांसद
    प्रत्यक्षमा ५ सिट नै जितेको रुपन्देहीबाट ५ जना समानुपातिक सांसदहरु छानिएका छन् । पार्टीमा लामो समयदेखि नै क्रियाशिल रहेकादेखि निर्वाचनको समयमा पार्टी परित्याग गरेर प्रचारमा लाग्नेहरु संसदमा पुग्ने भएका हुन् । खसआर्यबाट श्रद्धा कुँवर, मञ्जु भुसाल, ज्ञानु पौडेल, मधेशी महिलाबाट पुनमकुमारी अग्रवाल, दलिततर्फ अमृता बिकको नाम रास्वपाले निर्वाचन आयोगमा पठाएको हो । 


    व्यवसायी पुनमकुमारी अग्रवाल
    मधेशी महिला कोटाबाट संसद छिर्न लागेकी पुनमकुमारी अग्रवाल रुपन्देहीको भैरहवाकी युवा उद्यमी, समाजसेवी । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेर उद्यमसँगै राजनीति अघि बढाइरहेकी छन् । मेडिकल बायोलोजीमा स्नातकोत्तर अध्ययन गरेकी उनी दानेदार अर्गानिक मल उद्योगकी सञ्चालक पनि हुन्, जसले किसान र माटोको स्वास्थ्य सुधारमा काम गर्दै आएकी छन् ।उनी विगतमा मेडिकल कलेजमा अध्यापनसमेत गरिसकेकी छिन् र सामाजिक काम तथा गरिब–विपन्नलाई सहयोग गर्ने कार्यमा सक्रिय छिन् । लामो समयदेखि राजनीति, नेतृत्व र नीतिबारे अध्ययन गर्दै आएकी उनले रुपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेकी थिइन् । तर यो पटक समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।


    सहकारीदेखि संसदसम्मः ज्ञानु पौडेलको यात्रा
    ज्ञानु पौडेल सहकारी अभियानबाट सामाजिक सेवामा लागेर राष्ट्रिय राजनीतिसम्म पुगेकी सक्रिय महिला व्यक्तित्व हुन् । रास्वपाको सक्रियातासँगै उनी पार्टीमा निकै क्रियाशिल रहेकी थिइन् । ०८० मा रुपन्देही ३ को उप–निर्वाचनमा पनि उम्मेदवार हुन तयारी गरे पनि उनी सफल भएकी थिइनन् । 


    जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लामो समय काम गर्दै निवर्तमान अध्यक्षसमेत रहेकी उनले सहकारीमार्फत् समुदायमा बचत, ऋण र विकासका काम गर्दै नागरिकसँग नजिकको सम्बन्ध बनाइन् । सामाजिक सेवाबाट प्रेरित भई राजनीतिमा सक्रिय बनेकी उनी जनताको विश्वासका कारण रुपन्देही क्षेत्र नं. ३ बाट समानुपातिक सांसदका रूपमा संसदसम्म पुग्न सफल भएकी छिन् । सहकारीदेखि संसदसम्मको उनको यात्रा धेरैका लागि प्रेरणादायी मानिन्छ ।


    सामाजिक अभियानबाट राष्ट्रिय राजनीतितर्फ श्रद्धा कुँवर
    नेकपा एमालेनिकट युवासंघको केन्द्रीय सदस्य त्यागेर रास्वपाको राजनीतिमा होमिएकी श्रद्धा कुँवर सामाजिक अभियन्ता र राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । १६ वर्षको उमेरदेखि विभिन्न सामाजिक संघ–संस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आएकी उनी लायन्स इन्टरनेशनलअन्तर्गत पहिलो महिला जिल्ला परिषद् अध्यक्ष पनि बनेकी छन् ।


    उनी परी नेपाल फाउन्डेशनकी संयोजकका रूपमा महिला तथा बालबालिकाको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएकी छन् । साथै उनी आत्मरक्षा तथा गुड टच ब्याडटचसम्बन्धी प्रमाणित प्रशिक्षक पनि हुन् । लामो समयदेखि राष्ट्रिय राजनीतिमा सहकार्य गर्दै अनुभव हासिल गरेकी उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा विभिन्न क्षेत्रमा पुगेर सक्रिय भूमिका निर्वाह गरिरहेकी छन् । संगठन नै नभएको क्षेत्र रुपन्देही १ मा रास्वपा जिताएको भन्दै उनको प्रशंसा समेत हुने गरेको छ ।


    व्यवसायीहरू मञ्जु भुसाल र अमृता विक पनि सांसद
    व्यवसायिक पृष्ठभूमिका मञ्जु भुसाल र अमृता बिक पनि संसद छिर्दैछन् । मञ्जु निर्माण व्यवसायी संघ रुपन्देही अध्यक्ष समेत हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij