२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।

    संघीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो । सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रतिनिधिहरू सहभागी छन् ।

     


    समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे । बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदैछ ।

    यो पृष्ठभूमिमा संसद् सञ्चालनको तयारीको विषयमा सर्वदलीय बैठक बसेको हो ।

     

    सांसदहरूको शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।

    संसद सचिवालयका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ ।

    २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।

    यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij