२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए

बङ्गलादेशबाट १२ सयभन्दा धेरै विद्यार्थी स्वदेश फर्किए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • काठमाण्डौ । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् ।

    अहिलेसम्म १२ सयभन्दा धेरै नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्ति शनिवारसम्म आठ सय र हिजो ४ सय २० गरी अहिलेसम्म १२ सय २० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।हिजो मात्र हवाईमार्गबाट एक सय १५ र तीन सय पाँच जना काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किएका मन्त्रालयले जनाएको  छ ।

    उत्तरी बङ्गलादेशको विभिन्न मेडिकल कलेजमा पढ्ने नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन् । थप एक हजार सातसय विद्यार्थी दूतावासको सम्पर्कमा रहेका र अरु केही विद्यार्थी सम्पर्कमा आइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयकाअनुसार बङ्गलादेशमा झण्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवम् आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवम् अनलाइन फाराम भर्न अनुरोध गरेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij