२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले शुक्रबार मध्याह्न १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते मध्याह्न प्रधानमन्त्रीको शपथ लिने तय भएको छ।  शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ लिने तय भएको रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। त्यहीअनुसार, तयारीका लागि राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको छ। 

    शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंकनाद गरिने भएको छ। त्यस्तै, १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिने तय गरिएको बुर्लाकोटीले जानकारी दिए।  यससँगै शपथ ग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तय गरिएको उनले बताए। 

    प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने तय गरिएको उनले बताए। 

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको रास्वपाले एकल सरकार बनाउँदै छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij