२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

चैते दशैंमा जितेश्वरी मन्दिरमा श्रद्धालुको घुइँचो, परम्परागत पूजासँगै पञ्चेबाजाको रौनक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • बुटवल । बुटवल–१३ स्थित जितगढीको जितेश्वरी दुर्गा मन्दिरमा चैते दशैंको अवसर पारेर विविध धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएका छन्।

    परम्परागत हिन्दु विधिअनुसार मन्दिरमा पञ्जबली पूजा, रुद्री होमन तथा दुर्गा पूजा सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव एवं पूजा संयोजक तारा प्रसाद गौडेलले जानकारी दिनुभयो।

    समाचार तयार पार्दासम्म मन्दिरमा एक हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको जनाइएको छ। चैते दशैंको अष्टमीका दिन विशेष रूपमा बलि चढाउने परम्परा अनुसार यस वर्ष पनि पशुबलि अर्पण गरिएको संयोजक गौडेलले बताउनुभयो।

    उहाँका अनुसार बिहीबार बोका, कुखुरा, हाँस, परेवा तथा कुभिन्डोको बलि चढाइएको छ। साथै, बडादशैंका बेला भने यीसँगै राँगोको समेत बलि दिने चलन रहेको छ।

    यसैबीच, कार्यक्रममा सांस्कृतिक झल्को थप्दै बुटवल–१३ का बिजयी टोलका महिलाहरूले पञ्चेबाजा प्रस्तुत गरेका थिए। बुटवल उपमहानगरपालिकाबाट तालिम प्राप्त कमला पाण्डे, नमकला न्यौपाने, सरस्वती मरासिनी, राधा योगी, रिना श्रेष्ठ, रेशम ठकुरी, बालिका जिसी, लक्ष्मी आचार्य, सिता सुवेदी र बिनाता बञ्जाडेको समूहले बाजा बजाउँदै माहोललाई अझै उत्साहपूर्ण बनाएका थिए।

    चैते दशैंको अवसरमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको समिश्रणले जितेश्वरी मन्दिर क्षेत्रमा विशेष रौनक थपिएको देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij