बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको विषयमा नेकपा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्य हुने भएका छन्।यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी रहेको थियो ।
तर, अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए।आज १ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा दाबी पेस गर्न जाने उनले जानकारी दिए।




