२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश मेघराज र कुमारको इजलासमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  •  काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।

    पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् ।

    शनिबार पक्राउ परेका ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको पनि उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।

    केपी शर्मा ओली शनिकार गुन्डुबाट पक्राउ परेका थिए । सोही दिन उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । हाल उनी अस्पतालमा चिकित्सकको निगरानीमै रहेका छन् ।

    ओली र लेखक भदौ २३ को घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका हुन् ।

    आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij