२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्न तोक्यो ६ सहमहामन्त्री र प्रवक्तालाई संयोजक

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्न तोक्यो ६ सहमहामन्त्री र प्रवक्तालाई संयोजक

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्न तोक्यो ६ सहमहामन्त्री र प्रवक्तालाई संयोजक

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्न तोक्यो ६ सहमहामन्त्री र प्रवक्तालाई संयोजक

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्न तोक्यो ६ सहमहामन्त्री र प्रवक्तालाई संयोजक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चैत्र १०– ११ गते सम्पन्न बैठकको निर्णयानुसार कांग्रेसले निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको हो।

    महामन्त्री प्रदीप पौडेलले कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचन समीक्षात्मक छलफल गर्न लागेको बताए। उनका अनुसार छलफलमा केन्द्रीय प्रतिनिधिको उपस्थिति हुनेछ भने १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने छ।

    यसका लागि सातै प्रदेशमा संयोजक तोकिएको उनले बताए। संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेशअन्तर्गतका केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ। कांग्रेसले ६ जना सहमहामन्त्री र पार्टी प्रवक्तलाई संयोजक तोकेको छ। 

    कोशी प्रदेशको विराटनगरमा चैत्र २३ गते कार्यक्रमको संयोजनको जिम्मेवारी सहमहामन्त्री डिला संग्रौला पन्तलाई दिइएको छ। भने मधेस प्रदेशको जनकपुरमा चैत्र २५ गते हुने कार्यक्रमको संयोजक सहमहामन्त्री फरमुल्लाह मंसुरले गर्ने छन्।

    यस्तै बागमती प्रदेशको हेटौँडामा वैशाख ७ गते चुनावी समीक्षा सहमहामन्त्री बहादुर सिंह लामाले संयोजन गर्ने छन् भने गण्डकी प्रदेशको पोखरामा चैत्र २७ गते हुने कार्यक्रम प्रवक्ता देवराज चालिसेले संयोजन गर्ने छन्।

    यस्तै लुम्बिनी प्रदेशको दाङमा चैत्र २९ गते हुन चुनावी समीक्षा कार्यक्रमको संयोजन योगेन्द्र चौधरीलाई दिइएको छ भने कर्णाली प्रदेशको सुर्खेतमा वैशाख ३ गते हुने कार्यक्रमको कर्णबहादुर बुढाले संयोजन गर्ने छन्। सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गते हुने चुनावी समीक्षाको संयोजन सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई जिम्मेवारी दिइएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij