२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्दै एमाले, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • बुटवल । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय भएको महासचिव पोखरेलले बताए। उनका अनुसार चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ।

    यस्ता छन् एमालेका निर्णय
    पूर्वप्रधानमन्त्री  एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

    १) चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

    २) चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

    ३) वैशाख ३ गते वडा तहमा भेला गर्ने। 

    ४) वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

    ५) वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

    ६) सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

    ७) सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो।

    ८) संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

    ९) आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij