२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १८ २०८२
बुधवार, चैत्र १८ २०८२
  •  काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

    मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

    छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए ।

    ‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने कुरा छ । त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्ने कुरा छ,’ उनले भने ।

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पनि दलका नेताहरूबाट सम्बोधन हुने बताए ।

    ‘भोलि पहिलो अधिवेशनको शुभारम्भ हो । त्यसमा दलहरूको तर्फबाट मन्तव्य र शुभकामना रहने,’ उनले भने ।

    कार्यव्यवस्थाको संख्याबारे भने सल्लाह गर्नुपर्ने सांसद बुर्लाकोटीले बताए ।

    ‘रास्वपाको संख्या अलि ठूलो भएको र अरु दलका प्रतिनिधि पनि अटाउन पाए हुन्थ्यो भन्ने भएपछि हामीले पनि दलमा छलफल गर्नुपर्ने भयो,’ बुर्लाकोटीले भने ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij